१७ चैत्र २०७९, शुक्रबार
मधेश प्रदेश

विश्वकप लिग २ मा उत्कृष्ट प्रदर्शन गरेका बीरगञ्जका २ खेलाडीलाई मेयर सिंहले गरे मोटरसाइकल पुरस्कारको घोषणा

प्रकाशित मिति :  ३ चैत्र २०७९, शुक्रबार १८:१९


३ चैत, बीरगञ्ज । विश्वकप क्रिकेटमा देशलाई क्वालिफायर छनोटमा पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका बीरगञ्जका २ जनालाई खेलाडीलाई बीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले पुरस्कारको घोषणा गरेका छन ।

आईसीसी क्रिकेट विश्वकप लिग २ को खेलमा ओपनिङ ब्याट्सम्यान आसिफ शेष र अलराउण्डर आरिफ शेषले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै दुबैलाई पुरस्कार स्वरुप एक एक थान मोटरसाईकल प्रदान गर्ने बताएका हुन् ।

राष्ट्रको शीर उच्च बनाउन सफल नेपाल राष्ट्रिय क्रिकेट टिमका सम्पूर्ण खेलाडीलाई बधाई तथा शुभकामना दिदै महानगर प्रमुख सिंहले प्रतियोगितामा सहभागि बीरगञ्जका दुबै जना खेलाडीले प्रदर्शन गरेको खेल बीरगञ्जकै लागि गौरबको विषय भएको पनि बताए ।

उनले राष्ट्रका गहनालाई सम्मान र प्रोत्साहन गर्नु सबै तहका सरकारको उत्तिकै दायित्व रहेकाले आफूहरुले बीरगञ्जका उर्जावान खेलाडीलाई थप हौसला बढाउन पुरस्कार दिन लागेको बताए । ‘खुशी र गौरवको यस क्षणमा आगामि दिनमा अझ राम्रो प्रदर्शनको अपेक्षा राख्दै दुबै खेलाडीलाई थप प्रोत्साहन र हौसला बढाउन महानगरपालिकाको तर्फबाट यामाहा fz मोटरसाईकल एक÷एक थान प्रदान गर्ने घोषणा गर्छु ।’ उनले भने ।


1.92k
Shares
roadshow real state
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्याममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकामा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा