१७ चैत्र २०७९, शुक्रबार

विद्यार्थीका लागि बिनाब्याज ऋण दिने श्रीलङ्काकाे योजना

प्रकाशित मिति :  ४ चैत्र २०७९, शनिबार ०७:०९


४ चेत, एजेन्सी । श्रीलङ्काले विद्यार्थीका लागि ब्याजमुक्त कर्जाका लागि एक करोड ५७ लाख अमेरिकी डलर छुट्याएको छ । श्रीलङ्काको अर्थ मन्त्रालयले शुक्रबार आर्थिक अवस्था कमजोर रहेका पाँच हजार विद्यार्थीका लागि प्रतिव्यक्ति ११ लाख भारतीय रूपैँया ‘करिब तीन हजार २०० अमेरिकी डलर’ब्याजमुक्त ऋण उपलब्ध गराउने घोषणा गरेको हो ।

वित्त राज्यमन्त्री रञ्जित स्याम्बालापिटियाले बैंकबाट २५ प्रतिशतसम्म ब्याजदरमा ऋण प्रवाह गरिरहेकोले यो योजना ल्याइएको बताए। विद्यार्थीले कर्जाका लागि बैंक अफ सिलोन, पिपुल्स बैंक र नेसनल सेभिङ्स बैंकमा आवेदन दिन सक्नेछन् । उक्त कर्जा विद्यार्थीले रोजगारी पाएपछि भने विभिन्न किस्तामा तिर्ने व्यवस्था मिलाइएको उनले बताए ।

श्रीलङ्कामा प्रत्येक वर्ष लगभग दुई लाख ७० हजार विद्यार्थीहरू विश्वविद्यालय प्रवेश परीक्षाको लागि परीक्षा दिन्छन् भने करिब ४० हजार विद्यार्थीहरूले राज्यद्वारा संचालित विश्वविद्यालयहरूमा भर्ना हुन पाउँछन् ।


65
Shares
roadshow real state
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा