१७ चैत्र २०७९, शुक्रबार
जोगियो जहाज

बुद्ध एयरको एटीआर ७२ विमान काठमाडौंमा अवतरण, ६२ यात्रु सकुशल

प्रकाशित मिति :  ४ चैत्र २०७९, शनिबार ११:०९


४ चैत, काठमाडौं । काठमाडौंबाट सुर्खेतका लागि यात्रु बोकेर उडेको बुद्ध एयरको जहाजको इन्डिकेटरम समस्या देखिएपछि बिच बाटोबाटै काठमाडौं फर्काएर अवतरण गरिएको छ । त्रिभुवन विमानस्थलबाट १५ माइल उडान भरेपछि इन्डिकेटरमा समस्इा देखिएको थियो । यसमा समस्या देखिएपछि चलक दलका सदस्यले जहाजलाई काठमाडौं फर्काएर अवतरण गराएका थिए ।

बुद्ध एयरको एटीआर ७२ जहाजको इन्डिकेटरमा समस्या आएपछि सिमराको आकाशबाट फर्काइएको क्यानका प्रवक्ता जग्गनाथ निरौलाले नेपाबहसलाई जानकारी दिए । जहाज सकुशल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड भएको उनले बताए । जहाजको सुरक्षित अवतरणपछि प्राविधिक टोलीललाई जाँच गर्न पठाइएको छ । प्राधिकरणले उडानको चेकजाँचमा संलग्न दुई जना प्रविधिकलाई काममा रोक लगाइएको छ । जहाजमा ६२ जना यात्रु रहेको जानकारी दिइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आज बिहान भएको यो घटनापछि जहाज ग्राउन्डेड गरिएको छ । यो जहाज उड्नुपुर्व चेक जाँच गरेका इन्जिनियरलाई समेत काममा रोक लगाइएको छ । अब प्राधिकरणको प्राविधिक टोलीको जाँचपछि मात्र जहाज उड्न सक्ने छ । पछिल्लो समय नेपाली आकासमा विमान असुरक्षित हुने क्रम बढिरहेको छ ।


507
Shares
roadshow real state
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा