१६ चैत्र २०७९, बिहीबार

समीक्षा अधिकारीको डाँडै पिपलको भिडियो सार्वजनिक

प्रकाशित मिति :  ४ चैत्र २०७९, शनिबार १२:४७


४ चैत, काठमाडौं । गायिका समीक्षा अधिकारी र गायक झलक पुनको ’डाँडै पिपल’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतकार तथा संगीतकार दीपक शर्माको शब्द तथा संगीत रहेको डाँडै पिपलमा एरेन्ज नरेन्द्र बियोगीले गरेका हुन् ।

मौसम हिमालीको निर्देशन रहेको भिडियोमा मोडलद्वय सुधिर श्रेष्ठ र आरुषी मगरको अभिनय छ । लोकशैलीको रोमान्टिक गीतमा एक जोडीको सफल प्रेम कहानीलाई देखाइएको छ । जसमा सुधिर र आरुषी गज्जबसँग खुलेका छन् ।

म्याग्दीको बरंजामा जन्मे हुर्केका गायक झलकले चौबन्दी चोली बोलको गीतबाट गायन यात्रा सुरु गरेका हुन् । अध्ययनको शिलशिलामा काठमाडौँ आएर अध्ययनसँगसँगै गीत संगीतमा पनि लागेका झलक हाल अष्ट्रेलियामा छन् ।

उनका मगरको छोरो सालैजो भाका, झरी परेको त्यो दिन पप, लगायत अन्य गीतका भिडियोहरु बजारमा आइसकेका छन् । सार्वजनिक डाँडै पिपलमा नवराज उप्रेती छायांकन, नबिन घर्तीमगरको सम्पादन रहेको सार्वजनिक गीतको भिडियो झलक पुन युट्युब च्यानलबाट रिलिज गरिएको हो ।


247
Shares
roadshow real state
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा