१७ चैत्र २०७९, शुक्रबार

आईएस लुक्ने ठाउँमा अफगान सुरक्षा बलले मार्‍यो छापा

प्रकाशित मिति :  ४ चैत्र २०७९, शनिबार १४:२९


४ चैत, एजेन्सी । अफगान सुरक्षा बलले उत्तरी बाल्ख प्रान्तमा इस्लामिक स्टेट ‘आईएस’ आतङ्ककारी लुकेका ठाउँहरूमा शुक्रबार राति छापा मारेको छ । सुरक्षा बलले आक्रमण गर्दा त्यहाँ थुप्रै विद्रोहीहरू मारिएको अफगान कार्यवाहक प्रशासनका मुख्य प्रवक्ता जबिहुल्लाह मुजाहिदले शनिबार भनेका छन् ।

अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तको प्रान्तीय राजधानी मजार–इ–शरीफ शहरको प्रहरी जिल्ला ५, ६ र ८ मा छापा मारिएको अधिकारीले जनाएका छन् । प्रवक्ता मुजाहिदले कारबाहीमा मारिएका आईएस लडाकुहरूको सङ्ख्या भने खुलाएका छैनन् । कारबाहीका क्रममा एक सुरक्षाकर्मी समेत घाइते भएको उनले बताए । कारबाहीका क्रममा सुरक्षाकर्मीले हातहतियार र गोली समेत बरामद गरेको छ ।


169
Shares
roadshow real state
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा