संसदमा तीन क्षेत्र रिक्त, को कहाँ कसको दावी ?
नेपालबहस संवाददाता
चैत ५, २०७९ आइतबार १३:१२:११
५ चैत, काठमाडौं । संसदीय निर्वाचन सकिएको ६ महिना पनि नपुग्दै संसदको तीन क्षेत्र रिक्त भएको छ । राजनीतिक दलहरुले राष्ट्रपति र उपराष्ट्रपतिमा संसदबाहिरबाट उम्मेदवार नउठाउँदा दुई क्षेत्र रिक्त भएको हो भने रास्वपाका सभापतिले कमजोरीबाट अर्को क्षेत्र रिक्त भएको हो ।
राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन र रास्वपाको सभापतिको संसाद पद खारेजीका कारण प्रतिनिधिसभाको तीन वटा निर्वाचन क्षेत्र जनप्रतिनिधिविहनि भएका छन् । चितवन २मा रास्वपाका सभापति रवि लामिछानेको सांसद पद खारेजीमा परेको, बारा २ बाट निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपति पदमा र तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएपछि जनप्रतिनिधिविहिन बन्न पुगेको हो ।
‘लामिछानेजीले बलमिच्याई गरे सर्वोच्चले सांसद पद नै खारेज गरिदियो, दलहरुले निर्वाचित सांसदहरुलाई राष्ट्रपति उपराष्ट्रपति पदमा उठाए उनीहरुको पद रिक्त भयो’, निर्वाचन आयोगमा एक कर्मचारीले भने । चितवन २ बाट निर्वाचित राष्टिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता विवादमा फसेपछि उनको सांसद पद खारेजीमा परेको थियो । त्यस्तै, तनहुँ १ बाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ बाट निर्वाचित राम सहाय्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि यी तीन क्षेत्र अव उपचुनाव हुने भएको हो । चितवन २ मा निर्वाचन आयोगले आगामी बैशाख १० गतेका लागि निर्वाचनको मिति तोकिसकेको छ । फागुन २५ र चैत ४मा क्रमश राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन भएपछि तनहुँ १ र बारा २ मा भने निर्वाचन आयोगले चुनावको मिति तोक्ने समय पाएको छैन ।
आयोगले यी दुवै निर्वाचन क्षेत्रमा उपनिर्वाचन गर्ने जनाइसकेको छ । अब उपचुनाव गर्ने यी तीन क्षेत्रमा एकैपटक निर्वाचन गर्ने या चितवन २ मा तोकिएकै समयमा गरेर अन्य २ क्षेत्रमा फरक मितिमा चुनाव गर्ने भन्ने बारेमा भने कुनै जानकारी दिएको छैन । आयोगले अव यस बारेमा एकपटक परामर्श गरेर निर्णयमा पुग्ने तयारी गरेको आयोग स्रोतले बताएको छ । राष्ट्रपति र उपराष्ट्रपति दुवै निर्वाचित सांसद नै निर्वाचित भएपछि दुई निर्वाचन क्षेत्र खाली भएको हो । चितवन २ सहित अहिले खाली भएका बाँकी दुई निर्वाचन क्षेत्रमा पनि एकै पटक निर्वाचन गराउने गरी निर्वाचन आयोगले तयारी गर्दा खर्च कम गर्न सकिने भएकाले त्यसतर्फ आयोगले छलफल गर्नुपर्ने कतिपयले तर्क शुरु गरेका छन् ।
तर चितवन २ का बारेमा चुनावी प्रक्रिया धेरै अगाडी बढेकोले त्यसमा तोकिएकै मितिमा चुनाव गराएर बाँकी दुई क्षेत्रमा भने अर्काे मिति तोकेर निर्वाचन गराउने गरी आयोग अघि बढ्ने संभावना रहेको छ । चितवन २ मा रास्वपाका अध्यक्ष रवि लामिछाने आफै उम्मेदवार हुँदैछन् । कांग्रेस एमाले र माओवादीले आफ्नो उम्मेदवार तयार गरेका छैनन । चितवनमा एमालेका जिल्ला नेताहरुले रहर गरिरहेका छन् । कांग्रेसका पनि जिल्ला सभापति र पूर्व नेताहरुले रहर गरेका छन् ।
तनहुँमा कांग्रेसका नेताहरु गोविन्द भट्टराई, झापाका कृष्ण सिटौला लगायतको चर्चा छ भने एमालेबाट पनि किरण गुरुङ, एकबहादुर आले, सर्वेन्द्र खनालसम्मको चर्चा चलिरहेको छ । यस्तै बारा२ मा जसपाका अध्यक्ष उपेन्द्र यादवको चर्चा छ । उनी त्यही क्षेत्रबाट निर्वाचन लडेर संसदमा प्रवेश गर्ने र सरकारमा उपप्रधानमन्त्री खाने दाउमा रहेका छन् । त्यहाँ कांग्रेस एमाले र अन्य मधेशवादी दलहरुले उम्मेदवार तय गरेका छैनन । त्यहाँ एमालेले जनमतलाई सहयोग गर्ने संभावना बढेको छ । यदि एमालेले जनमतलाई सहयोग गरेमा यादवलाई अप्ठेरो पर्ने स्रोतको दावी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
बागमती प्रदेशले वैशाख २४ देखि कामकाजी भाषा ऐन २०८० कार्यान्वयन गर्ने
बैशाख १४, २०८१ शुक्रबार
सिसै सिसाको प्रतिक्षालय हेर्दा निकै सुन्दर ( फोटो फिचर )
बैशाख १४, २०८१ शुक्रबार
सिद्धगुफालाई पर्यटकीय गन्तव्य बनाइँदै
बैशाख १४, २०८१ शुक्रबार
पर्याप्त बजेट नहुँदा सेती लोकमार्ग निर्माणमा ढिलाइ
बैशाख १४, २०८१ शुक्रबार
सालझण्डी–ढोरपाटन सडकमा ढिलासुस्ती
बैशाख १४, २०८१ शुक्रबार
भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि !
बैशाख १४, २०८१ शुक्रबार