बर्दिवास मेडिकल कलेज नबन्दै फस्यो झमेलामा
नेपालबहस संवाददाता
चैत ७, २०७९ मंगलबार २१:२३:१८
विशाल बस्नेत
७ चैत्र, महोत्तरी । बर्दिवास मेडिकल कलेजको बिषयमा सर्वोच्च अदालतको अन्तिम सुनुवाइ नजिकिदै गर्दै गृह ठाउँ महोत्तरीमा भने अनेक टिक्काटिपन्नी सुरु भएका छन । मधेश प्रदेशको मध्यविन्दु वन्नेगरी बर्दिबास नगरपालिकामा प्रस्ताव गरिएको मेडिकल कलेजलाई लिएर स्थानिय स्तरमा नै आरोप (प्रत्यारोप बढेका हुन ।
बर्दिबास नगरपालिकाका नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले मेडिकल कलेजका नाममा गलत अफवाह फैलाइएको वताएका छन । सर्वोच्च अदालतमा विचाराधिन रहेको मुद्दालाई प्रभावित वनाउने गरि नगरप्रमुख नै लागीपरेको भन्ने आरोपको प्रमुख क्षेत्रीले खण्डन गरेका हुन । पर्यावरण अभियन्ता देवनारायण महतोले रुखहरु काटिने कारण देखाउदै हालेको रिटमाथी सर्वोच्च अदालतले ११ फाल्गुन, २०७८ मा अन्तरिम आदेश जारी गरेको थियो ।
त्यसपछी १५ औ पटकसम्म चलेको पेशी तारेक सकिएसगैँ अदालतले २७ चैत्रमा फैसला सुनाउदै छ । यही विचमा प्रस्तावित ठाउँमा मेडिकल कलेज वनाउन नगरप्रमुख क्षेत्रीले नै चलखेल गरिरहेको आरोप लागीरहेको वेला उन्ले यस्तो प्रष्टिकरण दिएका हुन ।
ञप्रस्तावित ठाउँमा नै मेडिकल कलेज वनाउन हामीले कार्यापालिकावाट निर्णय गरिसकेका छौ ।ञ उन्ले भने । ञ सोही निर्णयलाइ हामीले मेडिकल कलेज पुर्वाधार निर्माण आयोजनालाइ पठाइसकेका छौ । पत्रकारहरुसगँको भेटमा नगरप्रमुख क्षेत्रीले प्रस्तावित जग्गाको वरपर जग्गा किनेर बसेका भुमाफियाहरुले उक्त अफवाह फैलाएको भन्दै आक्रोश ब्यक्त गरे ।
मधेश प्रदेश कै गौरव वोकेको मेडिकल कलेजलाइ प्रस्तावित ठाउँमा वनाउन नदिन केही तत्वहरु लागीपरेको वताउदै नगरप्रमुख क्षेत्रीले हैसियत मासिएको वन क्षेत्रमा नै मेडिकल कलेज वन्नुपर्ने अडान लिएका छन ।
अनुमानित ३० अर्व बजेट लाग्ने अनुमान गरिएको मेडिकल कलेज निर्माणको पारम्भिक चरणमा नै यसअघि डिपिआर देखि कार्यालय खर्चसम्म आइपुग्दा ६ करोड भन्दा बढी खर्च भैइसकेको छ । मेडिकल कलेज वनाउदा पनि हामील हरित मेडिकल वनाउनुपर्छ भनेका छौ ।झ नगरप्रमुख क्षेत्रीले भने ।
रुखहरुको बदलामा नगर क्षेत्रमा १ लाख ५० हजार बिरुवा रोप्ने पनि आफुहरुले प्रतिबद्धता जनाइसकेको नगरप्रमुख क्षेत्रीको दावी छ । बर्दिबास नगरपालिका वडा न।४ स्थित माइस्थान सामुदायिक वनभित्र करिव ४९ हेक्टर क्षेत्रमा निर्माण प्रक्रियाको लागी डिपिआर समेत तयार भएको थियो ।
वातावरणिय प्रभाव मुल्यांकन सकिसकेको उक्त क्षेत्रमा १ हजार ९ सय ६७ रुख काटिने उल्लेख भएतापनी डिपिआर निर्मणको लागी परामर्श सेवा प्रदायक संस्था जेभिले भने निर्माणस्थलमा २ सय पनि रुख नकाटिने उल्लेख गरेको छ ।
स्वतन्त्रवाट निर्वाचित भएकै कारण आफू राजनिती दलहरुको घेरावन्दिमा परेको नगरप्रमुख क्षेत्रीको आरोप छ । उन्ले बर्दिबासको विकासमा आफू जुनसुकै दलसगँ सहकार्य गर्ने तयार रहेको पनि वताए । तर विकास निर्माणका कामहरुलाइ अवरोध पुग्नेगरी कोहीपनी लाग्न नहुने र नलाग्न नगरप्रमुख क्षेत्रीले आग्रह गरेका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैतडीका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द
बैशाख ३०, २०८१ आइतबार
सिद्धार्थनगर सिटी अस्पतालमा न्यूरो र जनरल सर्जरीको विशिष्टिकृत सेवा
बैशाख २६, २०८१ बुधबार
बाटोमै विरामी परेका बागमतीका मुख्यमन्त्रीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै
बैशाख २५, २०८१ मंगलबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
दाङमा भान्सामै पसेर दुई महिलाको बञ्चरो प्रहार गरी हत्या
बैशाख २९, २०८१ शनिबार
मधेशमा नयाँ सरकार, एमाले नेतृत्वमा माओवादी, जनमत र लोसपाको साथ
बैशाख ३०, २०८१ आइतबार
उपेन्द्र यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन
बैशाख ३०, २०८१ आइतबार
सरकारबाट बाहिरिने उपेन्द्र यादवको तयारी, निर्णय गर्न कार्यकारिणीे बैठक जारी
बैशाख ३०, २०८१ आइतबार
नागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरौँ : आईजीपी कुँवर
बैशाख ३०, २०८१ आइतबार
मधेश सरकार अल्पमतमा, एमाले पनि बाहिरियो
बैशाख ३०, २०८१ आइतबार