पुल निर्माण हुने भएपछि स्थानीय खुसी
नेपालबहस संवाददाता
चैत १२, २०७९ आइतबार १७:१७:५९
१२ चैत, भजनी । कैलालीको टीकापुरवासीको एउटा सपना हो– कर्णाली नदीको सन्कट्टीमा पक्की पुल । पुल निर्माण भए कर्णाली नदीमा डुङ्गामा जोखिमपूर्ण यात्रा गर्न नपरोस भन्ने चाहना छ । यही आशाले अब मूर्तरुप लिनेभएपछि स्थानीय खुसी भएका छन् ।
लामो समयदेखि पटक–पटक पुलका लागि बहस र छलफल भए पनि पुल निर्माण सार्थक टुङ्गोमा पुग्न सकेको थिएन । टीकापुर नगरपालिकाका कमल बुढा पुल बन्ने खबरले खुसीको आभास भएको बताउछन । उनी त्यहीँ सनकट्टीको बाटो हुँदै दैनिक ओहोरदोहोर गर्छन । घर टीकापुर भए पनि व्यापारका लागि बर्दियाको गेरुवा गाउँपालिका शान्तिबजारमा गइ्रहनुपर्छ । आवतजावतका लागि डुङ्गा आवश्यक पर्छ ।
“हिउँदमा कर्णालीमा पानी कम हुन्छ । डुङ्गामा सवार गर्दा खासै डर लाग्दैन”, कमलले भने, “बर्खाको उर्लँदो भेलमा किनारमा नपुग्दासम्म मृत्युले झस्काउँछ । पुल बनेपछि सहजरुपमा आवागमन हुने आशा पलाएको छ ।”
टीकापुरका सुन्दर चौधरी मोटरसाइकलमा व्यापार गरर्छन । उनी बिहानै चाउमिनलगायत अन्य सामान लिएर बर्दिया पुग्छन । उनको त्यो दैनिकीजस्तै हो । बर्दिया पुग्नका लागि उनी राजापुरको बाटो जानुपरे सत्ती पुल प्रयोग गर्छन । नभए त्यहीँ सन्कट्टीमा सञ्चालन हुँदै आएको डुङ्गा ।
“दैनिक बर्दिया जाँदा खर्च बढेको छ भने जोखिम पनि उत्तिकै छ”, चौधरी भन्छन, “आफूले चाहेको बेला डुङ्गा पाइँदैन । साँझ समयमा पुग्नुपर्छ भने बिहान समय मिलाएर पुग्नुपर्छ ।” पुल निर्माणको खबरले टीकापुर र बर्दियाको दुरी छोटो बनाउने विश्वास चौधरीले व्यक्त गरे ।
सुदुरपश्चिम र लुम्बिनी प्रदेश जोड्ने पुल निर्माण भएपछि दुई प्रदेश तथा टीकापुर र बर्दियाको व्यावसायिक सम्बन्ध स्थापित हुने अनुमान गरिँदै आएको छ । सन्कट्टीमा पुल निर्माणकै लागि कैयौँ पटक बहस र छलफल भएको थियो भने सङ्घीय सरकार समक्ष ‘डेलिगेशन’ पनि पुगेको थियो ।
विसं २०७४ मा सुदूरपश्चिम प्रदेश सरकारले पुल निर्माणलाई बहुवर्षीय योजनाका रूपमा अघि सारेको थियो । तर दुई प्रदेशसँगको विषय भएका कारण प्रदेशको त्यो योजनाले काम गर्न नसकेको सुदूरपश्चिम प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री डा रणबहादुर रावल बताउछन ।
“पुलका लागि निकै मेहनत गर्नुप¥यो । कहिले सङ्घीय सरकार त कहिले प्रदेश सरकारसँग समन्वय र सहकार्य भयो”, डा रावलले भने, “अन्ततः सङ्घीय सरकारले हाम्रो आवाज सुनेको छ । अब टीकापुर र बर्दियाको व्यापारिक सम्बन्धलाई मजबुत बनाउने अपेक्षा लिएका छौँ ।”
व्यापारीहरूको संस्था टीकापुर उद्योग वाणिज्य सङ्घले पनि पुल निर्माणको पहल गर्नका लागि महोत्सवको आयोजना ग¥यो । महोत्सव सम्पन्न भयो तर पुल निर्माणको योजनाले पूर्णता पाउन सकेन ।
अहिले पुल निर्माणका लागि सङ्घीय सरकारले रसुवा कन्स्ट्रक्सन प्रालिसँग सम्झौता गरेर काम अगाडि बढाएको छ । गएको मङ्सिरमा भएको सम्झौताअनुसार ५३ महिनामा पुल निर्माण गरिसक्नुपर्ने छ । करिब एक अर्बभन्दा बढीको लागत रहेको उक्त पुल सात सय ५० मिटर लम्बाइको रहने निर्माण कम्पनीका इञ्जिनियर कृष्ण ढुङ्गेलले बताए ।
“सम्झौता भएपछि स्थलगत अध्ययन गरेर डिजाइनको काम भइरहेको छ । डिजाइनको काम सकिएपछि लगत्तै काम सुरु गर्छौँ”, उनले भने, “सम्भवतः एक डेढ महिनामा डिजाइनको काम सम्पन्न हुन्छ होला । त्यो समयसम्म कर्णाली नदीमा पानीको बहाव नबढे काम सुरु गर्छौँ, नभए बर्खापछि काम सुरु हुन्छ ।”
टीकापुर नगरपालिका–२ का वडाध्यक्ष दीपक चौधरीले टीकापुरका लागि सनक्ट्टीको पुन निकै महत्वपूर्ण हुने बताए । उनले टीकापुर र बर्दियाको सम्बन्ध निकै नजिक रहेको बताउँदै दैनिक सयौँ नागरिकले डुङ्गाको सहारामा कर्णाली वारपार गर्नुपर्ने बाध्यताको अन्त्य हुने विश्वास व्यक्त गरे।
“वर्षौँदेखि त्यहीँ एउटा सपना थियो सन्कट्टीमा पक्की पुल । जसका लागि कैयौँपटक राज्यका अधिकांश निकायमा पुगेका थियौँ”, वडाध्यक्ष चौधरीले भने, “आज त्यो राज्यले सुनेको छ । नागरिक खुसी छन् । पुल निर्माण भएपछि टीकापुरको व्यवसायमा टेवा पुग्ने विश्वास छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
पूर्वपश्चिम राजमार्गअन्तर्गत बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम
बैशाख १४, २०८१ शुक्रबार
पर्याप्त बजेट नहुँदा सेती लोकमार्ग निर्माणमा ढिलाइ
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
आइपिएलमा आज दुई खेल हुँदै
बैशाख १५, २०८१ शनिबार
आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित
बैशाख १५, २०८१ शनिबार
इलाम-२ र बझाङमा मतदान शुरु
बैशाख १५, २०८१ शनिबार
आजको मौसम : हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना
बैशाख १५, २०८१ शनिबार
दैनिक भिन्डीको पानी पिउदा अचम्मका फाइदाहरु
बैशाख १५, २०८१ शनिबार
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टि–ट्वान्टी शृङखला आजदेखि सुरु
बैशाख १५, २०८१ शनिबार