काबिल डीआईजी नै एआईजी बढुवामा बञ्चित

नेपालबहस संवाददाता
चैत १४, २०७९ बुधबार ०:४०:५६

१४ चैत, काठमाडौं । नेकपा माओवादीले गृह मन्त्रालय राख्ने कि नेकपा एसले लिने भन्ने दोधार चलिरहेको बेला हतारमा चार एआईजीको बढुवा निकालिएको छ । गृह मन्त्रालयका सचिव विनोद सिंहको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले सोमबार नेपाल प्रहरीका रिक्त ४ अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिस गरेसँगै उनीहरुको बढुवा निश्चित भएको हो ।
नवनियुक्त आईजीपी बसन्तबहादुर कुँवरले पदबहाली गरेको भोलिपल्टै एआईजी बढुवा सिफारिस गरिएको छ । सरकारले पूर्णता नपाइसकेको र गृहमन्त्री समेत नभएको अवस्थामा हतार हतार एआईजी बढुवा सिफारिस गरिएको छ । कुँवरलाई आईजीपी नियुक्त गरिएकै दुई दिनपछि हतारमा एआईजी बढुवा सिफारिस गरिएपछि प्रहरीमा पनि हलचल पैदा भएको छ । प्रधानमन्त्रीको निजी सचिवलायबाटै आएको सूचीलाई गृहमन्त्रालयले एआईजीमा सिफारिस गरेको थियो । डीआईजीहरु सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकप्रसाद तामाङ बढुवा सिफारिसमा परेका छन् ।
उनीहरुसँगै भर्ना भएका बसन्तबहादुर कुँवर आईजीपी भए । टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआईजी बढुवा भए । तर सँगै भर्ना भएका उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा भने डीआईजीमै घर जाने अवस्था आएको छ । ३० वर्षे सेवा अवधि नहटे वा एआईजीको दरवन्दी नथपिए उनीहरु डीआईजीबाटै घर जानेछन् ।
सरकारलाई समर्थन गरेको र सहभागी समेत हुन लागेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह प्रदेश घर भएका डीआईजीहरु उमेशराज जोशी, रामदत्त जोशी, दुर्गा सिंह पनि एआईजी बढुवामा छुटेका छन् । उनीहरु तुलनात्मक रुपमा राम्रा र काविल अधिकृत मानिन्छन । रामदत्त जोशी त डडेलधुराकै हुन् । यिनीहरु प्रहरीमा क्षमतावान मै पर्दछन् । कार्यक्षमतामा निकै अब्बल मानिएका अधिकृतका रुपमा छवि बनाएका उनीहरुमात्र होइन, डीआईजी भीमप्रसाद ढकाल, पोषराज पोखरेल, बुद्धिराज गुरुङ पनि एआईजीको बढुवामा सिफारिस भएनन ।
तर उनीहरुभन्दा पछि बढुवा भएका सुदीप गिरी र टेकप्रसाद तामाङ बढुवा हुँदा पनि उनीहरुलाई छुटाइयो । कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीको आफन्त रहेकी किरण राणा पनि बढुवा सिफारिसमा पर्न सकिनन् । ‘केही गरी अरु दलको हातमा गृहमन्त्रालय गएमा आफूले भनेका डीआईजीहरुलाई बढुवा गर्न नसकिने भएकाले हतारमा एआईजी सिफारिस गरिएको हो, केही दिनमा एसएसपीहरुलाई डीआईजीमा सिफारिस गर्न लगाउने प्रधानमन्त्रीको स्वककीय सचिवालयको तयारी छ’, स्रोतले भन्यो ।
नेकपा माओवादीले नै गृह राख्ने योजनाका साथ केही दिन आफू अनुकुलका प्रमुख जिल्ला अधिकारीहरुको पनि सरुवा गरिसकेको छ । अयोग्य लडाकुको विवरण संकलन गर्न सहयोग पुग्ने गरी सिडियोहरुको सरुवा गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगुण्डा नाइकेसँग मिलेर थुनुवा कुट्ने डीएसपीलाई कारवाही बिनै उन्मुक्ति
नेपालबहस संवाददाता
जेठ २५, २०८० बिहिबार
इजलासमा अधिवक्ताहरूको प्रश्न, हाई प्रोफाइलका कसुरदार किन छाडिए ?
नेपालबहस संवाददाता
जेठ २४, २०८० बुधबार
एमालेमा अध्यक्ष बन्न ओलीलाई पुनः बाटो खुल्ला
नेपालबहस संवाददाता
जेठ २४, २०८० बुधबार
सत्ता गठबन्धन र दाहाल सरकार नै नागरिकता समस्याकाे समाधान चाहँदैन
जेठ २६, २०८० शुक्रबार
काठमाडौं जिल्ला अदालतमा कामु प्रधानन्यायाधीशको मिटिङ
जेठ २५, २०८० बिहिबार
प्रधानमन्त्री प्रचण्डविरूद्ध आएका रिट दर्ता गर्नूः सर्वोच्च
जेठ २६, २०८० शुक्रबार
अत्यधिक गर्मी बढेपछि दाङका विद्यालय बन्द
जेठ २६, २०८० शुक्रबार
महालेखा परीक्षकको वार्षिक प्रतिवेदन संसदमा पेस
जेठ २६, २०८० शुक्रबार
विवाह गर्दा वडाको सिफारिस अनिवार्य
जेठ २६, २०८० शुक्रबार
बक्सअफिसमा भिड्दै अक्षय र सनी
जेठ २६, २०८० शुक्रबार