कराँचीमा हिन्दु डाक्टरको गोली हानेर हत्या

नेपालबहस संवाददाता
चैत १७, २०७९ शुक्रबार २०:२८:५४

१७ चैत, इस्लामावाद । एक जना हिन्दु धर्मावलम्बी चिकित्सकको कराँचीमा गोली हानेर हत्या भएको छ । आफ्नो क्लिनिकबाट घर फर्कदै गरेका डाक्टर बीरबल गेनानीको बिहीबार गोली हानेर हत्या भएको हो ।
कराँची महानगरपालिकाका पूर्वस्वास्थ्य निर्देशक तथा आँखा विशेषज्ञ डा गेनानीलाई अज्ञात समूहले गोली हानेको र उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । डा गेनानीसँगै रहेकी एक जना सहयोगी चिकित्सलाई पनि गोली लागेको छ । उनलाई तत्काल अस्पताल पुर्याइएको थियो । हाल उनी जोखिममुक्त भएकी छन् । आक्रमणकारीका सम्बन्धमा ती महिला चिकित्सकसँग प्रहरीले सोधपुछ गरेको छ । अभियुक्तलाई कानुनको कठघरामा उभ्याउने प्रतिबद्धता पनि प्रहरीले व्यक्त गरेको छ ।
यसैबीच, सिन्धका गभर्नर कमरान खान टेसोरीले कराँचीका प्रहरी अतिरिक्त महानिरीक्षकसँग घटनाको प्रतिवेदन माग गर्दै आँखा विशेषज्ञको हत्याप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वी क्यानडामा भिषण डढेलो , न्युयोर्कलगायतका सहर धुवाँले ढाक्यो
जेठ २६, २०८० शुक्रबार
पूर्व अमेरिकी गुप्तचर अधिकारीको दाबीः अमेरिकासँग एलियन छ
जेठ २६, २०८० शुक्रबार
तालिबानका डेपुटी गभर्नरको अन्त्येष्टी स्थल नजिकै विस्फोट, ११ जनाको मृत्यु
जेठ २६, २०८० शुक्रबार
गुण्डा नाइकेसँग मिलेर थुनुवा कुट्ने डीएसपीलाई कारवाही बिनै उन्मुक्ति
नेपालबहस संवाददाता
जेठ २५, २०८० बिहिबार
इजलासमा अधिवक्ताहरूको प्रश्न, हाई प्रोफाइलका कसुरदार किन छाडिए ?
नेपालबहस संवाददाता
जेठ २४, २०८० बुधबार
एमालेमा अध्यक्ष बन्न ओलीलाई पुनः बाटो खुल्ला
नेपालबहस संवाददाता
जेठ २४, २०८० बुधबार
काठमाडौं जिल्ला अदालतमा कामु प्रधानन्यायाधीशको मिटिङ
जेठ २५, २०८० बिहिबार
सत्ता गठबन्धन र दाहाल सरकार नै नागरिकता समस्याकाे समाधान चाहँदैन
जेठ २६, २०८० शुक्रबार
प्रधानमन्त्री प्रचण्डविरूद्ध आएका रिट दर्ता गर्नूः सर्वोच्च
जेठ २६, २०८० शुक्रबार
समानुपातिक सांसदले पनि खोजे सांसद कोषको रकम
जेठ २६, २०८० शुक्रबार
संशाेधित नागरिकता ऐनको पक्षमा भएको धर्नामा जसपाका सांसद सहभागी
जेठ २६, २०८० शुक्रबार
पुँजीगत खर्चमा थेगी नसक्नु चुनौती छन: अर्थमन्त्री
जेठ २६, २०८० शुक्रबार