बारा २ मा जनमत पार्टीले जसपालाई सघाउने पूर्ण बस्नेतको दाबी

नेपालबहस संवाददाता
चैत १९, २०७९ आइतबार २२:३०:३

१९ चैत, काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बारा २ मा जनमत पार्टीले जसपालाई सघाउने दाबी गरेका छन् ।
राष्ट्रिय राजनीतिको वर्तमान अवस्था र उपेन्द्र यादवको आवश्यक्ताबारे सिके राउत राम्रोसँग जानकार रहेको भन्दै उनले उपेन्द्र यादवलाई जिताउने कुरामा जनमत पनि लाग्ने बताएका हुन् ।
सिंगो गठबन्धन नै जसपालाई सघाउने निर्णयमा पुगीसकेको अवस्थामा जनमत पार्टी उम्मेदवारी मनोनयन दर्ता अगावै उक्त निर्णयमा पुग्न सक्ने बस्नेतले बताएका छन् ।
“व्यक्तिप्रतिको पुर्वाग्रहले हैन राष्ट्रिय राजनीतिलाई सही मार्गमा लैजान जनमत जिम्मेवार ढंगले प्रस्तुत हुन्छ भन्नेमा म विश्वस्त छु,” बस्नेतले भने । नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले आइतबार जसपालाई सघाउने निर्णय गरेसँगै जनमत पार्टीबारे बस्नेतले उक्त धारणा राखेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवीरगञ्ज २१ मा वडा कार्यालय निर्माणको काम सुरु, सांसद यादव र मेयर सिंहले गरे शिलान्यास
जेठ १९, २०८० शुक्रबार
अत्याधिक गर्मीले रौतहटका बिद्यालय एक हप्ताका लागि बन्द
जेठ १९, २०८० शुक्रबार
अचानक बढेको तापक्रमले बिरामीको संख्या ह्वात्तै बढ्यो
जेठ १८, २०८० बिहिबार
झुट्टा अभियोग मागदाबीबाट सफाइ पाऊँः खाँण
जेठ २०, २०८० शनिबार
नेपाल–भारत सम्बन्धका आयामः प्रधानमन्त्रीले भारत भ्रमणबाट ठूलै कुरा लिएर आउलान् ?
जेठ २०, २०८० शनिबार
कांग्रेस रुपान्तरण अभियानको पोखरामा भेला
जेठ २०, २०८० शनिबार
प्रधानमन्त्री प्रचण्डकै भाषामा भारत भ्रमणका उपलब्धी !
जेठ २०, २०८० शनिबार
जनकपुरधाममा राष्ट्रपतिको नागरिक अभिनन्दन गर्ने सर्वपक्षीय सहमति
जेठ २०, २०८० शनिबार
भारत भ्रमण सोचेभन्दा राम्रो, विगतभन्दा परिणाममुखीः प्रधानमन्त्री
जेठ २०, २०८० शनिबार
चार दिने भारत भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता
जेठ २०, २०८० शनिबार
४ जना कोरोना संक्रमित फेला, १८ जना उपचाररत
जेठ २०, २०८० शनिबार