सिटिजन्स बैंक इन्टरनेसनलकाे चार प्रदेशमा एटिएम सेवा विस्तार

नेपालबहस संवाददाता
चैत १९, २०७९ आइतबार २३:३४:२

१९ चैत, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले एकसाथ चार प्रदेशमा एटिएम सेवा विस्तार गरेको छ । बैंकले एक बर्ष अघि काठमाडौंको दरबारमार्ग शाखाबाट सुरु गरेको किओस्क सेवा काठमाडौं उपत्यकालगायत बाहिरका प्रदेशमा पनि विस्तार गरेको हो ।
१६ वर्षदेखि उत्तरदायी बैंकिङ अभ्यास गर्दै आएको बैंकले ग्राहकको वित्तीय आवश्यकता डिजिटल माध्यमबाट सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ सेवा विस्तार गरेको जनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले शनिबार काठमाडौंको कलंकी र नयाँबजार शाखा, कोशी प्रदेशको विराटनगर शाखा, मधेस प्रदेशको वीरगन्ज शाखा तथा लुम्बिनी प्रदेशको हस्पिटल लाइन शाखामा एकसाथ किओस्क सेवा सञ्चालनमा ल्याइएको जानकारी दिए ।
बैंकले शनिबार नै कोशी प्रदेशको कर्सिया, मधेस प्रदेशको धनुषाधाम, बाग्मती प्रदेशको सिन्धुली र भरतपुर तथा गण्डकी प्रदेशको कोल्हुवामा एटीएम सेवासमेत विस्तार गरेको छ ।
बैंकले डिजिटल सेवालाई आवश्यकताअनुसार बैंकका अन्य शाखामा विस्तार गर्ने प्रमुख कार्यकारी अधिकृतले पोखरेलले बताए । किओस्क सेवामार्फत् ग्राहकले बैंक खाताको विवरण हेर्ने, स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ चेक डिपोजिट गर्ने जस्ता सुविधा बैँकका कर्मचारीको सहयोगबिना नै प्राप्त गर्न सक्नेछन् ।
नयाँ प्रविधिलाई आत्मसात गर्नुका साथै बैंकिङ सेवामा लाग्ने समय कम गराउँदै वित्तीय सेवा प्रदान गर्ने उद्देश्यका साथ किओस्क विस्तार गरिएको बैंकले जनाएको छ । सिटिजन्स बैंकले देशभरका १८२ शाखा, ३ विस्तारित काउन्टर, १३८ एटीएम, ६ कियोस्क सेवा र ९७ शाखारहित बैंकिङ इकाईबाट करिब १५ लाख ४० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिटिजन्स बैंक र ब्लुबर्ड इन्टरनेसनल क्लिनिकबीच समझदारी
जेठ १९, २०८० शुक्रबार
कुमारी बैंक र नास-आइटीबीच बैंकिङ सेवासम्बन्धि सम्झौता
जेठ १९, २०८० शुक्रबार
अब थापाथली र पशुपति बहुमुखी क्याम्पसमा विद्यार्थीलाई कागजी भौचर भर्ने बाध्यता हट्यो
जेठ १९, २०८० शुक्रबार
झुट्टा अभियोग मागदाबीबाट सफाइ पाऊँः खाँण
जेठ २०, २०८० शनिबार
नेपाल–भारत सम्बन्धका आयामः प्रधानमन्त्रीले भारत भ्रमणबाट ठूलै कुरा लिएर आउलान् ?
जेठ २०, २०८० शनिबार
कांग्रेस रुपान्तरण अभियानको पोखरामा भेला
जेठ २०, २०८० शनिबार
प्रधानमन्त्री प्रचण्डकै भाषामा भारत भ्रमणका उपलब्धी !
जेठ २०, २०८० शनिबार
जनकपुरधाममा राष्ट्रपतिको नागरिक अभिनन्दन गर्ने सर्वपक्षीय सहमति
जेठ २०, २०८० शनिबार
भारत भ्रमण सोचेभन्दा राम्रो, विगतभन्दा परिणाममुखीः प्रधानमन्त्री
जेठ २०, २०८० शनिबार
चार दिने भारत भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता
जेठ २०, २०८० शनिबार
४ जना कोरोना संक्रमित फेला, १८ जना उपचाररत
जेठ २०, २०८० शनिबार