नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल Nepalbahas पनि सञ्चालनमा छ ।

खोजमुलक पत्रकारिता गर्ने उद्देश्यसहित नेपालबहस डटकम वि.स.२०७३ साल फागुन २२ गते आइतबार (March 5,2017) डोमेन दर्ता भई वि.स. २०७४ बैशाख २५ गते प्रेस काउन्सिल नेपालमा सुचीकरण भएको समाचार पोर्टल हो ।

यसले वि.स. २०७४ बैशाख २६ गतेदेखि नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय,सूचना विभागबाट स्वीकृति लिई विधिवत सञ्चालनमा आएको छ । प्रेस काउन्सिलमा यसको दर्ता न. १५४३-०७३-०७४ तथा विभागको दर्ता न. १३०/०७३/०७४ रहेको छ ।

नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर खाेजमुलक समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो ।

राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन ।

देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।