बर्षको एकपटक कर कार्यालय आउनुस्
इन्द्र रिजाल
साउन ८, २०७६ बुधबार २२:१५:३०
स्याङ्जा । नेपाल सरकारले व्यवस्था गरेको वर्तमान राजस्व नीतिको सन्दर्भमा व्यवसायीलाई कर शिक्षा प्रदान गरिएको छ । श्रावण १ गते देखि सरकाले भीटीसीएस कर प्रणाली लागु गरेपछि अन्योलमा रहेका व्यवसायीलाई कर शिक्षा मार्फत जानकारी गराइएको हो । अनलाईन सिस्टमबाट कर असुली गर्ने प्रणालीको विकाससँगै वालिङका व्यवसायी अन्योलमा पर्दै आएका थिए ।
एक हप्ता अगाडि वालिङ उद्योग वाणिज्य संघले यो प्रणालीलाई विस्तारै लागु गर्न आग्रह गर्दै विज्ञप्तीमार्फत सरकारलाई ध्यानाकर्षण गराएको थियो । वालिङ उद्योग वाणिज्य संघको आयोजना र आन्तरिक राजस्व कार्यालय पोखराको प्राविधिक सहयोगमा कर शिक्षा कार्यक्रम आयोजना गरिएको थियो । अधिकांश व्यवसायीले सरकारले लागु गर्न खोजेको कर प्रणाली व्यवहारिक नभएको गुनासो गरेका छन् ।
व्यवसायीहरु सरकारलाई कर तिर्न उत्सुकता भएपनि झन्झटिलो परिपाटीले गाह्रो हुने गरेको व्यवसायीहरुले बताएका छन् । सहज र सरल प्रणाली लागु गर्न सकेमा साना व्यवसायीलाई करको मुलधारमा ल्याउन सहज हुने उनीहरुले बताएका छन् । व्यवसायी पुराना तर करको कानुन नयाँ आउदा कर प्रणाली अत्यन्तै झन्झटिलो महशुस भएको सहभागी व्यवसायी टिकाराम डुम्रेले बताए ।
सयौको संख्यामा सहभागी भएका व्यवसायीले उठाएको जिज्ञासाको उत्तर आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख केशवकुमार उप्रेतीले दिएका थिए । सरकारले ल्याएको कर प्रणाली अत्यन्तै सरल छ, तर व्यवसायी कर कार्यालयसम्म पुग्नै चाहनु हुँदैन उप्रेतीले भने,“विचौलियाका कारण कर प्रणाली झन्झटिलो महशुस भएको होला ।” खरिद र बिक्रीको हिसाबकिताव राम्रोसँग राखेर आएको फाइदाको कर तिर्न किन बिचौलियाको प्रयोग गर्ने ? उप्रेतीले व्यवसायीलाई भने ।
बर्षको एकपटक कर कार्यालयमा गएर आफ्नो खाता हेर्ने परिपाटीको बानी बसाल्न सक्ने हो भने कर के हो भन्ने सबैलाई थाहा हुने उप्रेतीले बताए । अब किन्नेले पनि बील लिने र बिक्री गर्नेले पनि बिल दिने काम गर्नु होला उप्रेतीले भने,“किन्ने र खरिद गर्ने दुवैले बिलको कारोवार नगरेमा दुवैलाई सजायको व्यवस्था छ ।” त्यसैले अनिवार्य खरिद बिक्रीमा बिलको प्रयोग गर्न नछुटाऊ, कर प्रमुख उप्रेतीले सहभागीलाई सुझाए ।
कर शिक्षा कार्यक्रममा वालिङ नगरप्रमुख दिलिपप्रताप खाँणले कर तिर्नु नागरिकको दायित्व भएको बताए । कर प्रणालीको कानुनलाई सरल र जनताले बुझ्ने खालको हुनुपर्ने सुझाव खाँणले दिए । बाह्रय सामाग्री खरिद गरेर राष्ट्रवादी नहुने बताउदै नगर प्रमुख खाँणले स्वदेशमै उत्पादन र स्वदेशमै रोजगारको अवस्था सिर्जना गर्न सरकारसँग माग गरे । मुलुकमै उत्पादन गर्ने उद्यमी राष्ट्रवादी हुने संज्ञा दिदै नगर प्रमुख खाँणले भारत र चीनलाई गाली गरेर राष्ट्रवादी नहुने जिकिर गरे । मुलुकको आर्थिक आयु बढाउन स्वदेशमै उत्पादनको खोजी हुनुपर्ने सुझाव खाँणको थियो ।
वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल, उपाध्यक्ष गीरमान गुरुङ्, महासचिव धु्रवविक्रम खाँण लगायतका व्यवसायी नेताहरुले सबै व्यवसायीलाई कर तिर्ने प्रणालीका बारेमा बेला बेलामा छलफल हुनुपर्ने बताएका थिए । सहजै तिर्दै आएका व्यवसायीलाई एकै चोटी झन्झटिलो व्यवस्था लागु गर्दा व्यवसायी सशंकित हुन पुगेको उनीहरुले बताएका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपच्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना
बैशाख ३१, २०८१ सोमबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
पाल्पामा जीप दुर्घटना : २ जनाको मृत्यु, १३ घाइते
जेठ ३, २०८१ बिहिबार
आज सीता जयन्ती, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै
जेठ ३, २०८१ बिहिबार
बाँकेमा लागुऔषध दुर्व्यसनीविरुद्ध अभियान
जेठ ३, २०८१ बिहिबार
राजस्थानमाथि पञ्जाव ५ विकेटले विजयी
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने
जेठ ३, २०८१ बिहिबार