मिर्गौला पीडितलाई बचाउन स्याङ्गजाका युवा क्लब जागे
इन्द्र रिजाल
साउन १३, २०७६ मंगलबार १:१४:२७
स्याङ्जा । दुवै मिर्गौला फेल भै विगत दुईबर्ष देखि पोखराको गण्डकी मेडिकल कलेजमा उपचारत लीलबहादुर गुरुङ्लाई आर्थिक सहयोग प्रदान गरिएको छ । स्याङ्जाको भीरकोट नगरपालिका वडा नम्बर ९ पन्चासेका ३३ बर्षीय लीलबहादुर गुरुङ्लाई नगद ७० हजार प्रदान गरिएको छ ।
पतला देवी युवा क्लब भीरकोट ८ पखेरेका युवा क्लबको संयोजकत्वमा आयोजना गरिएको मिर्गौला पीडित लीलबहादुर गुरुङ् बचाउ अभियानमा नमुना युवा क्लब रिप र नवप्रभात युवा क्लब चिलाउनेखर्कले सहयोग गरेको हो ।
दुईबर्ष देखि प्रत्येक महिना डाइलसिस गर्दा अहिलेसम्म सोह्र लाखभन्दा बढी रकम खर्च भै सकेको उनकी श्रीमती अनु गुरुङ्ले बताइन । ’ यसरी डाइलसिस गरि रहँदा भोलि मेरो श्रीमान बाँच्ने वा नबाँच्ने निश्चित छैन, अझै कति पैसा खर्च हुने त्यो पनि थाहा छैन, त्यसैले मिर्गौला प्रत्यारोपण गर्न चाहान्छु’ उनले भनिन् ।
पखेरे, चिलाउनेखर्क र रिपमा आयोजना गरिएको बचाउ अभियानबाट संकलित कुल रकम ७० हजार रुपैयाँ सहयोग गरिएको थियो । यो रकम तीनगाउँबाट मात्रै संकलन गरिएको हो ।
नवप्रभात युवा क्लबका पूर्व अध्यक्ष प्रसुन मगरले मिर्गौला प्रत्यारोपणका लागि तिनै वटा क्लब सदैव तयार रहेको बताउदै आर्थिक संकलनका लागि देश विदेशमा आव्ह्वान गर्ने तथा विभिन्न कार्यक्रमहरुको आयोजना गरी मिर्गौला पीडित लीलबहादुर गुरुङ्को रोग निको पार्ने प्रतिबद्धता व्यक्त गरे ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपभरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन
जेठ २, २०८१ बुधबार
जीपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै
बैशाख ३१, २०८१ सोमबार
बैतडीका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द
बैशाख ३०, २०८१ आइतबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने
जेठ २, २०८१ बुधबार
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
जेठ २, २०८१ बुधबार
लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने
जेठ २, २०८१ बुधबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार