ठूलोमात्रामा चाँदीको गहनासहित एक पक्राउ
नेपालबहस संवाददाता
साउन १४, २०७६ मंगलबार १५:२३:१५
बाँके । भारतबाट अवैधरूपमा नेपाल ल्याइएको ठूलो मात्रामा चाँदीको गहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा सोमबार साँझ नेपालगञ्ज उपमहानगरपालिका–८ टाँगास्टेशन नजिकबाट पाँच किलो ४९५ ग्राम चाँदीका गहनासहित सुभाष गुप्तालाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए।
उनका अनुसार, गुप्तालाई जाँचका क्रममा झोलाबाट गरगहना फेला पारेपछि सुनचाँदी व्यवसायी सङ्घ बाँकेमा परीक्षण गरिएको थियो । पाँच किलो ४९५ ग्राम धातुमध्ये परीक्षणपछि दुई किलो ७१७ ग्राम ५०० मिलीग्राम चाँदी रहेको पुष्टि भएको छ । उक्त चाँदीको नेपाली मूल्य रु एक लाख ७१ हजार २४१ हुने बताइएको छ ।
गुलरिया नगरपालिका–६ बर्दियाका ३१ वर्षीय गुप्ता नेपालगञ्जको देवाफूलबारीमा कोठा भाडामा बस्दै आएका थिए । भारतबाट अवैधरूपमा नेपालगञ्ज ल्याएर सङ्कलन गरिएका चाँदीका गहना बर्दिया लैजाने क्रममा नेपालगञ्जको टाँगास्टेशन नजिकबाट प्रहरीले गुप्तालाई नियन्त्रणमा लिएको हो ।
गुप्तालाई चाँदीसहित आवश्यक कारवाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी उपरीक्षक वलीले जानकारी दिए ।
लागुऔषधसहित दुई पक्राउ
बाँकेको राप्तीसोनारी गाउँपालिकाको कुसुमबजारबाट प्रहरीले लागुऔषधसहित दुईजनालाई नियन्त्रणमा लिएको छ । ट्राफिक प्रहरीले सवारीसाधन जाँच गर्ने क्रममा सोमबार साँझ दाङको घोराही उपमहानगरपालिका वडा नं १५ का २५ वर्षीय महेन्द्र विश्वकर्मा र सोही ठाउँकै १८ वर्षीय अभिषेक थापाको साथबाट २० पत्ता लागुऔषध बरामद भएको इलाका प्रहरी कार्यालय कुसुमका प्रहरी नायब निरीक्षक लक्ष्मण ऐरले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुन तस्करी प्रकरणमा काभ्रेका थर्कमान लामा पक्राउ
जेठ १८, २०८१ शुक्रबार
रौतहट प्रहरीद्वारा लाखौँको भारतीय मलखाद र कुखुरा बरामद
जेठ १०, २०८१ बिहिबार
दिल्ली बसेर अमेरिका र क्यानडा पठाउँछु भन्दै मानव तस्करी गर्ने गिरोहले ७ करोड ५० लाख ठगे
बैशाख ३१, २०८१ सोमबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २६ निर्णय ( हेर्नुस सुचिसहित )
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
बजेट अर्थमन्त्री र माओवादीप्रति ढल्किएको ओलीको आरोप
जेठ १९, २०८१ शनिबार
यार्सा संकलनमा गएका दुईजनाको मृत्यु, एक सिकिस्त
जेठ १९, २०८१ शनिबार
कुमारी बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड-२०२४’ बाट सम्मानित
जेठ १९, २०८१ शनिबार
दार्चुलामा यार्सा टिप्न गएका युवकको लडेर मृत्यु
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार