सवारी दुर्घटनामा दुईको मृत्यु
नेपालबहस संवाददाता
साउन १६, २०७६ बिहिबार १३:२६:११
मकवानपुर । हेटौँडा उपमहानगरपालिकामा सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । हेटौँडाको बसामाडीमा मोटरसाइकल र ट्रक एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार सौरभ सुवेदी तथा अस्मित सुनारको मृत्यु भएको हो । बुधबार साँझ भएको दुर्घटनामा परी घाइते भएका दुवैको उपचारको क्रममा बुधबार राति नै ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ ।
हेटौँडाबाट बसामाडीतर्फ जाँदै गरेको ना ३८ प ५३३२ नंको मोटरसाइकल र चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना ६ ख १५०० नंको ट्रक महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा–३ बसामाडीमा एकापसमा ठोक्किएको थियो । सुनारको चितवनस्थित पुरानो मेडिकल कलेज तथा सुवेदीको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार गर्दैगर्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २१ घाइते
जेठ ७, २०८१ सोमबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु
जेठ ५, २०८१ शनिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
देशभर १४ प्रतिशत स्वास्थ्य उपकरण जडान भएनन्
जेठ ७, २०८१ सोमबार
भारतको छत्तीसगढमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु
जेठ ७, २०८१ सोमबार
मनास्लु क्षेत्रमा दुई करोड ५० लाख राजस्व सङ्कलन
जेठ ७, २०८१ सोमबार
बागमती प्रदेश सभा बैठक : विनियोजित बजेटको सिद्धान्तमाथि छलफल
जेठ ७, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त
जेठ ७, २०८१ सोमबार