अब स्वास्थ्य परीक्षण गर्न मोबाइल एपबाटै टिकट बुकिङ
नेपालबहस संवाददाता
साउन २३, २०७६ शुक्रबार ४:५४:१०
काठमाडौं । स्वास्थ्य परीक्षण गर्नका लागि टिकट लिन अब निजामती कर्मचारी अस्पताल ‘सिभिल सर्भिस हस्पिटल’ मा पुग्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।
सो अस्पतालले आजबाट बिरामी परीक्षणका लागि मोबाइल एपबाटै टिकट बुकिङ गर्ने व्यवस्था मिलाएपछि टिकट काट्न लाइमा बस्नुपर्ने बाध्यता हटेको छ ।
अब बिरामी वा आफन्तले घरमा बसेर नै अस्पतालको ओपिडी टिकट काट्न सक्नेछन् । ‘प्रभु पे’ मोबाइल वालेटमार्फत अस्पतालको ओपिडी टिकट काट्ने व्यवस्थाको शुरुआत गरिएको सिभिल अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ ।
‘मेडीफ्लो सोलुसन’ ले प्रभु पे मोबाइल एपमार्फत घरमा नै बसेर टिकट काट्न सक्ने प्रविधिको विकास गरेको हो । उक्त प्रविधिबाट टिकट काट्ने व्यवस्था शुरु गर्ने सिभिल अस्पताल पहिला भएको छ ।
अस्पतालले बिरामीको सहजताका लागि प्रविधिको प्रयोग गर्दै प्रभु पे मोबाइल वालेटमार्फत टिकट काट्ने व्यवस्था शुरु गरेको अस्पतालका कार्यकारी निर्देशक प्रा डा दीर्घराज आरसीले जानकारी दिए ।
अस्पतालमा ओपिडीको टिकट लिनका लागि निकै लामो लाइन बस्नुपर्ने बाध्यताको अन्त्य भएको र बिरामीका आफन्तले घरमै बसेर सहजै रुपमा टिकट काटेर सेवा लिन सक्ने न्यौपानेको भनाइ छ ।
प्रभु पे मोबाइल वालेटसँगको सहकार्यमा शुरु गरिएको यो सेवालाई अन्य अस्पतालमा विस्तार गर्दै लैजाने मेडिफ्लोका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र न्यौपानेले जानकारी दिए । हाल दैनिक ८०० बिरामी ओपिडी सेवामा आउने गरेको अस्पतालले जनाएको छ ।
अहिले यो सेवामार्फत टिकट काट्नका लागि मोबाइल प्रयोगकर्ताले प्रभु पे मोबाइल वालेट नामक एपलाई डाउनलोड गर्नुपर्छ । प्रभु पे मोबाइल वालेटबाट यो सेवा लिने ग्राहकको लागि विशेष सहुलियतको व्यवस्था गरिने प्रभु टेक्नोलोजीका महाप्रवन्धक खुशल रेग्मीले जानकारी दिए ।
प्रभु पे वालेटमा रजिष्टर भएपछि आफ्नो विभिन्न बैंकबाट रकम जम्मा गर्न सकिनेछ । त्यसपछि उक्त एपमा रहेको हस्पिटल भन्ने बटनमा क्लिक गर्नुपर्ने हुन्छ ।
हस्पिटल बटनभित्र प्रवेश गरेपछि निजामती अस्पतालमा क्लिक गर्नुपर्ने हुन्छ । सिभिल अस्पताल क्लिक गरेपछि त्यहाँ नयाँ वा पुरानो ओपिडी भन्ने विकल्प आउनेछ । त्यसमा पुरानो हो भने पुरानो र नयाँ हो भने नयाँ ओपिडी छान्ने ।
त्यसपछि आफूले जाँच गर्न चाहेको विभाग र डाक्टर तथा मिति छान्नुपर्छ । उक्त प्रक्रियापछि बिरामीले आफ्नो विवरण भर्नुपर्ने हुन्छ । सबै विवरण भरिसकेपछि टिकटको मूल्य आफ्नो प्रभु पे मोबाइल वालेटमा रहेको ब्यालेन्सबाट काटिने जनाइएको छ ।
अस्पतालले हाललाई जनरल ओपिडी टिकट काट्नका लागि अघिल्लो दिन बिहान ७ बजेदेखि परीक्षण गर्ने दिन बिहान ७ बजेसम्म राखेको छ । तर यो समय पनि क्रमशः आवश्यकताअनुसार बढाउँदै लगिनेछ ।
पेइङ क्लिनिकतर्फ मोबाइलमार्फत टिकट काट्नका लागि भने हाललाई अघिल्लो दिन बिहान १० बजेदेखि परीक्षणण गर्ने दिन बिहान १० बजेसम्मका लागि तोकिएको छ ।
यो समय पनि विस्तारै बढाउँदै लैजाने अस्पतालले जनाएको छ । त्यसैगरी अस्पतालले ल्याब रिपोर्ट अनलाइनमा हेर्न सकिने व्यवस्थासमेत शुरु गरेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन
जेठ २, २०८१ बुधबार
जीपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै
बैशाख ३१, २०८१ सोमबार
बैतडीका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द
बैशाख ३०, २०८१ आइतबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने
जेठ २, २०८१ बुधबार
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
जेठ २, २०८१ बुधबार
लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने
जेठ २, २०८१ बुधबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार