सिस्ने गाउँपालिकाका तीन सय घरधुरी टुकीकाे भरमा
नेपालबहस संवाददाता
साउन २५, २०७६ आइतबार ३:१९:९
रुकुमपूर्व । गत बिहीबारदेखि सिस्ने गाउँपालिका वडा नं ३ स्थित पाँगामा विद्युत् सेवा अवरुद्ध हुँदा पाँगास्थित ३०० घरधुरी अँध्यारोमा बस्न बाध्य भएका छन् ।
गाउँमा विद्युत् वितरणका लागि राखिएको २५ केभिएको ट्रान्सफर्मर जलेपछि विद्युत् सेवा अवरुद्ध भएको हो । विद्युत् सेवा अवरुद्ध हुँदा स्थानीयलाई विद्युत्बाट हुने काम गर्न समस्या भएको छ ।
गाउँमा रहेका काष्ठ उद्योग, विद्यालयलगायत स्थानीयलाई मोबाइल चार्ज गर्न समस्या भएको सिस्ने गाउँपालिका वडा नं ३ की स्थानीय रीता खड्काले बताए । विद्युत् सेवा अवरुद्ध भएपछि टुकी बालेर बस्नुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ ।
ट्रान्सफर्मर बनाउन धेरै समय लाग्ने भएकाले तत्कालै विद्युत् सेवा सञ्चालन गर्न नसकिने नवभिजन विद्युत् सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र मल्लले बताए । उनका अनुसार ट्रान्सफर्मर मर्मतका लागि बुटवलबाट प्राविधिक ल्याउनुपर्ने भएकाले विद्युत् सेवा तत्काल सञ्चालन गर्न नसकिने भएको हो । विद्युत् सेवा सञ्चालन गर्नका लागि कम्तीमा पनि एक दुई हप्ता लाग्न सक्ने उनको भनाइ छ ।
अहिले पाँगालगायत पोखरा रुकुमकोटमा बाँफीकोट गाउँपालिका वडा नं २ पीपल रुकुमपश्चिममा रहेको नवभिजन लघुजलविद्युत् सहकारी संस्थाबाट उत्पादित बिजुली बल्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी
जेठ ७, २०८१ सोमबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
तीव्र हावा तथा भारी वर्षा कारण श्रीलङ्कामा दश हजारभन्दा बढी प्रभावित
जेठ ७, २०८१ सोमबार
आगलागी नियन्त्रणमा आएपछि देखिएको दृश्य
जेठ ७, २०८१ सोमबार
सङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडाको मरे
जेठ ७, २०८१ सोमबार