अन्तराष्ट्रिय बजारमा द्धन्द्ध हुँदा नेपाली बजारमा असर : रमेश रसाइली
नेपालबहस संवाददाता
साउन २८, २०७६ मंगलबार १८:१५:२६
२८ साउन, काठमाडौं । विश्वकर्माको सिप र पेसालाई संरक्षण गर्दै विश्वकर्मा सुनचाँदी व्यवसायीलाई आधुनिक तरिकाले विकास गर्ने सुनचाँदी व्यवसायी सञ्जाल प्रदेश नं ३ का संयोजक रमेश रसाइलीले बताएका छन् ।
अहिले बजारमा दिन प्रति दिन बढिरहेको सुनचाँदीकाे मुल्यले आम जनतालाई व्यवसायीले मनोमानी तरिकाले बढाएका हुन् भन्ने नराम्रो सन्देश गएकाले यसमा सचेत रहन संयोजक रसाइलीले आग्रह गरे ।
नेपालबहस डटकमसँग कुरा गर्दै सुनचाँदी व्यवसायी सञ्जाल प्रदेश न ३ का संयोजक रसाइली भन्छन्, सुनचाँदीको मुल्य घटाउने बढाउने काम हामीले गरेको हौइन । यो त अन्तराष्ट्रिय बजारमा द्धन्द्ध हुँदा नेपाली बजारमा असर परेको हो ।
सुनचाँदी पसलमा आउने दैनिक जसो ग्राहक भन्छन, किन यसरी मूल्य बढाउनु भाको ? उनीहरुको बुझाइ गलत छ । तर उनीहरुले बुझेको जस्तो वास्तवमा होइन । विश्व बजारमा शेयरमा चलखेल हुँदा नेपाली बजारमा असर परेको मात्र हो उनले भने ।
यस्तै अमेरिकासँग इरान र उत्तर कोरियाको आणविक विवादका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य केही दिनदेखि महङ्गिएका कारण सुनको भाउ नेपाली बजारमा पनि उच्च भएको छ । यसको पछिल्लो कारण भने अमेरिका र चीनबीचको व्यापार युद्धका साथै कश्मिर काण्ड पनि एक हो ।
विश्वकर्माहरुको एकता, सुनचाँदी व्यवसायीमा एकरुपता र राष्ट्र निमार्णमा हाम्रो सहभागीता भन्ने मुल नाराका साथ प्रदेश न ३ को बृहत भेलाबाट संयोजकमा चयन भएका रसाइली भन्छन, हामी हाम्रो व्यवसायलाई अघि बढाउन केन्दको निति नियम अनुसार नै सहकार्य गर्दै जाने छौ ।
विश्वकर्मा समुदाय पहिले देखि नै पिछडिएको समुदाय भएपनि अब हाम्रो पेसा र सिपको आधुनिक तरिकाले विकास गर्दै अझै पनि सिप भएर पनि आर्थिक अभावका कारण पछाडि पारिएका समुदायलाई यस समितिले केही सहयोग गर्ने र पेसालाई निरन्तरता दिन सहयोग गर्ने उनले कुराकानी बताए ।
गत साताको सोमबारबाट नेपाली बजारमा सुनचाँदीको मुल्य बढ्न सुरु भएको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज नेपाली बजारमा छापावाला सुनको मूल्य ७० हजार भन्दा माथि पुगेको छ । साताको तेस्रो दिन मंगलबार छापावाला सुन तोलाको ७१ हजारमा कारोबार भैइरहेको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो ।
यस्तै तेजावी सुनको मूल्य तोलामा ७० हजार ७ सय पुगेको छ । केही दिन ६९ हजारमा कारोबार भएको तेजावी सुन तोलामा साताको तेस्रो दिन ७ सय रुपैँयाले बढेर कारोबार भैइरहेको छ । चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर आठ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । योसँगै सुनको मूल्य बढ्ने क्रम भने अझै जारी छ ।
यहि साउन २५ काठमाडौंमा भएको प्रदेश न ३ काे बृहत भेलाबाट रसाइलीको संयोजकत्वमा २८ सदस्यीय तदर्थ समिति चयन गरिएको छ । समितिको सहसंयोजकमा विक्रम घिमिरे, अमृत विश्वकर्मा, महासचिवमा राजन भुजेल विश्वकर्मा, सचिवमा प्रेम खाती, अमरबहादुर लामिछाने र कोषाध्यक्षमा तारा विश्वकर्मालाई चयन गरिएको छ ।
त्यसैगरी सहकोषाध्यक्षमा सुजन बराइली, सदस्यमा श्रवणकुमार गदाइली, गङ्गा विश्वकर्मा, पुष्कर धनुके, कृष्णबहादुर गहतराज, रामकृष्ण खाती, तिलक गदाल, मणि कुमार, तारा खाती, लक्ष्मी विश्वकर्मा, नारायण विश्वकर्मा, नवराज विश्वकर्मा, कुमार विश्वकर्मा, कृष्णबहादुर धनुके, भीमप्रसाद सेन्चुरी, देविन गहतराज, केदार गहतराज, सङ्गम गहतराज र कृष्णबहादुर गहतराज रहेका छन्, भने संरक्षकमा रामप्रसाद लकान्द्री रहेका छन् ।
याे पनि :
काठमाडौंमा विश्वकर्मा सुनचाँदी व्यवसायीको वृहत भेला हुने
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना
बैशाख ३१, २०८१ सोमबार
सुनकोसी मरिण डाइभर्सन सुरुङको आज 'ब्रेक थ्रू' हुँदै
बैशाख २६, २०८१ बुधबार
भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
बैशाख ३१, २०८१ सोमबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
ललितपुरको नख्खु दोबाटोमा सवारी दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३१, २०८१ सोमबार
सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३४ प्रतिशत बजेट खर्च
जेठ १, २०८१ मंगलबार
चलचित्र ‘मोदीबेनी’ श्रावण १८ गते रिलिज हुने
जेठ १, २०८१ मंगलबार
हतियारको आपूर्ति लिएर युक्रेन पुगे अमेरिकी विदेशमन्त्री ब्लिन्कन
जेठ १, २०८१ मंगलबार
सन्दीपको मुद्दा भट्ट र उप्रेतीको इजलासमा, सुनुवाइ जारी
जेठ १, २०८१ मंगलबार
विश्व सम्पदा क्षेत्रमा सूचीकृत पशुपतिनाथ मन्दिर
जेठ १, २०८१ मंगलबार
मन्त्रिपरिषद बैठकले गर्यो ६० जना सहसचिवको सरुवा
जेठ १, २०८१ मंगलबार