सेवा विस्तार गर्दै कर्णाली प्रदेश अस्पताल
नेपालबहस संवाददाता
साउन २९, २०७६ बुधबार २०:१६:१२
प्रकाश अधिकारी / रासस
सुर्खेत । वीरेन्द्रनगर कालागाउँस्थित कर्णाली प्रदेश अस्पताल एक वर्षअघिसम्म मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालका रूपमा सञ्चालित थियो । ५० श्ययाको क्षेत्रीय अस्पतालमा न पर्याप्त विशेषज्ञ चिकित्सक थिए, न त आवश्यक भौतिक संरचना ।
नाममात्रको अस्पतालका कारण सामान्य प्रकृतिका बिरामीलाई समेत नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालमा सिफारिश गर्नुपर्ने बाध्यता थियो । मेडिकल रेकर्डर अधिकृत विनोद बस्नेतले भौतिक पूर्वाधारको विकास, उपकरण र जनशक्तिको व्यवस्थापनका कारण अस्पतालको पुरानो परिचय बदलिएको बताए ।
“सेवासुविधा जिल्ला अस्पतालको भन्दा कम भएपछि शुरु–शुरुमा बिरामी यहाँ आउनै चाहन्थेनन्”, उनले भने े, “पछिल्ला दुई–तीन वर्षयता भौतिक संरचना निर्माण, महत्वपूर्ण उपकरणको व्यवस्थापन र विशेषज्ञ सेवाका कारण अस्पतालले जनविश्वास जित्न थालेको छ ।” उनले अहिले औसत दैनिक ७०० बिरामी उपचारका लागि आउने गरेको बताए ।
मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा डम्बरबहादुर खड्काको कुशल व्यवस्थापन र अस्पताल विकास समितिका पदाधिकारीको सक्रियताका कारण अस्पतालको मुहार बदलिएको छ । अस्पतालको आन्तरिक स्रोत र चन्दादाताको सहयोगबाट गत वर्षदेखि आइसीयू, एनआइसीयू र डाइलासिस सेवा सञ्चालनमा आएको छ ।
“सघन उपचार सेवाका लागि आइसीयू र जन्मदेखि २८ दिनभित्रका बालबालिकाका लागि एनआइसीयू सेवा पहिलोपटक सञ्चालनमा ल्यायौँ”, मेसु डा खड्काले भने “यो अहिलेसम्मको ठूलो उपलब्धि हो ।” यी सेवा सञ्चालनसँगै प्रदेश बाहिर वा भारतीय शहरमा गएर महङ्गो शुल्क तिरेर औषधि उपचार गर्नुपर्ने बाध्यता हटेको छ ।
प्रदेश अस्पतालमा हालै पाँच विशेषज्ञ चिकित्सक थपिएका छन् । मेडिकल रेकर्डर अधिकृत बस्नेतका अनुसार शिक्षण अस्पताल महाराजगञ्जमा अध्ययन गरेका छाला तथा यौनरोग विशेषज्ञ डा प्रभावसिंह राजपुत, नाक, कान तथा घाँटीरोग विशेषज्ञ डा सन्तोष बस्नेत, बालरोग विशेषज्ञ डा प्रदीप पौडेल, फिजिसियन डा सञ्जीव भण्डारी र हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा सुभद्र श्रेष्ठ आएका छन् ।
विसं २०६२ फागुनदेखि तीन विशेषज्ञ चिकित्सकबाट सञ्चालनमा आएको तत्कालीन क्षेत्रीय अस्पतालमा अहिले विशेषज्ञसहित २८ चिकित्सक कार्यरत छन् । ३० विशेषज्ञ चिकित्सकसहित ८८ जनाको दरबन्दी रहेको अस्पतालमा अझै विशेषज्ञ चिकित्सकको कमी छ ।
सरकार र आन्तरिक स्रोतबाट गरी हाल ११५ श्यया अस्पताल सञ्चालनमा छ । २० विशेषज्ञ चिकित्सकमध्ये दरबन्दीका चार, काजका दुई र करारका १४ छन् भने मेडिकल अधिकृत आठ जना छन् ।
विशेषज्ञ चिकित्सकको अभावै रहे पनि अस्पतालले बिहान १० देखि साँझ ५ बजेसम्म बहिरङ्ग (ओपिडी) सेवा दिइरहेको छ । ४० श्ययाको मेटेनरी वार्ड (सुत्केरी भएपछि राख्ने ठाउँ) र ३५ श्ययाको जनरल वार्डलाई स्तरोन्नति गरिएको छ । यसैगरी सिटीस्क्यान मेसिन जडान गरिएको छ । सिटीस्क्यान सेवा सञ्चालनमा आउँदा टाउकोका बिरामीका साथै दुर्घटनाका घाइतेलाई उपचारमा सहज भएको छ । अल्ट्रासाउण्ड मेसिन, अक्सिजन प्लान्ट निर्माण पनि यहाँबाटै हुने गरेको छ ।
अस्पतालले सिसीटिभी क्यामराका साथै क्यूमेसिनबाट सेवा दिन थालेको छ । यहाँ बिरामी लाइनमा बसिराख्नुपर्ने बाध्यता छैन । अस्पतालले जेनेरेटर मात्रै होइन, सौर्यबत्तीसमेत बाल्न शुरु गरेको छ । ३० र ५० केभिएका जेनेरेटरका साथै १० किलोवाटको सौर्य उपकरण पनि जडान गरिएको छ । बिरामी पनि प्रदेश अस्पतालको सेवादेखि सन्तुष्ट छन् । यसअघि सामान्य स्वास्थ्य समस्या देखिँदा नेपालगञ्ज, काठमाडौँ धाउनेहरू अहिले प्रदेश अस्पतालबाटै विशेषज्ञ सेवा लिन थालेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन
जेठ २, २०८१ बुधबार
जीपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै
बैशाख ३१, २०८१ सोमबार
बैतडीका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
संसद अवरोध हटाउन सत्ता पक्षका तीन नेता छलफलमा
जेठ २, २०८१ बुधबार
विष्णुमति करिडोर मिचेर निर्माण गरिएको संरचना भत्काइयो
जेठ २, २०८१ बुधबार
किसानलाई अनुदानमा ५४ हजार माछाका भुरा वितरण
जेठ २, २०८१ बुधबार
उदीपुर-रिठ्ठेबगर-नौथर सेरा सडक निर्माण सुरु
जेठ २, २०८१ बुधबार
महानगरको पार्क र ट्राफिक आइल्याण्डको सुन्दरतामा काम गर्न ११० जना परिचालन
जेठ २, २०८१ बुधबार