हेटौंडामा बस दुघर्टना एकको मृत्यु, १५ जना घाइते
नेपालबहस संवाददाता
साउन ३१, २०७६ शुक्रबार १४:१६:७
३१ साउन, हेटौँडा । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–नारायणगढ सडक खण्डको हेटौँडा उपमहानगरपालिका १९ स्थित दारिमटार नजिकै बस दुर्घटना हुँदा एकको मृत्यु, १५ जना यात्रु घाइते भएका छन् ।
दुर्घटनामा परी मुत्यु हुनेको सर्लाही जिल्ला रामपुर बोहरवा गाउँपालिका ५ का मुकेश शर्मा रहेका छन् । ५८ वर्षीय शर्माको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
काठमाडौँबाट रौतहटको गौरका लागि जाँदै गरेको ना ५ ख २२३३ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान २ः ३० बजे दुर्घटना भएको थियो ।
बस अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।
दुर्घटनामा घाइतेमा आठ जना सामान्य उपचारपछि गन्तब्यतर्फ लागेका छन् । चार जनालाई थप उपचारका लागि चितवन लगिएको छ भने तीन जनाको हेटौँडा ११ स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । हेटौँडाबाट १४ किलोमिटर पश्चिममा भएको दुर्घटना भएको बसका चालम सम्पर्कमा नरहेको प्रहरीले जनाएकको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुगुमा यार्सागुम्बा संकलन गर्न गएका ४ जनाको मृत्यु, एक सिकिस्त
जेठ २०, २०८१ आइतबार
यार्सा संकलनमा गएका दुईजनाको मृत्यु, एक सिकिस्त
जेठ १९, २०८१ शनिबार
दार्चुलामा यार्सा टिप्न गएका युवकको लडेर मृत्यु
जेठ १९, २०८१ शनिबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ २०, २०८१ आइतबार
कैलाशकुट सामाजिक अभियानको आँखा शिविरबाट तीन सय लाभान्वित
जेठ २०, २०८१ आइतबार
प्रतिनिधिसभा बैठक जारी, राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल
जेठ २०, २०८१ आइतबार
अभिनेत्री रविना नयाँ विवादमा, रक्सीको नशामा वृद्ध महिलालाई कुटेको आरोप
जेठ २०, २०८१ आइतबार
‘नेलपलिस’को गन्ध आएपछि श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्काइयो
जेठ २०, २०८१ आइतबार
जनसम्पर्क समिति डेनमार्कमा सहमति अनुरुप नेतृत्व हस्तान्तरण गर्न आनाकानी
जेठ २०, २०८१ आइतबार
गृहमन्त्री लामिछानेविरुद्धको रिट न्यायाधीश श्रेष्ठको इजलासमा
जेठ २०, २०८१ आइतबार