वर्षातसँगै अस्पतालमा भाइरल बिरामीकाे चाप
नेपालबहस संवाददाता
भदौ ३, २०७६ मंगलबार १३:३०:१
३ भाद्र,परासी । पश्चिम नवलपरासीमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन् । चर्को गर्मी तथा लगातारको वर्षातसँगै मौसममा आएको परिवर्तनले अहिले भाइरल ज्वरोका बिरामी ह्वात्तै बढेका छन् ।
पृथ्वीचन्द्र अस्पतालका चिकित्सक डा.पवन अग्रहरिका अनुसार अहिले दैनिक ६०-७० भाइरल ज्वरोका बिरामी अस्पताल आउने गरेका छन् । एक सातादेखि भाइरलका बिरामीको चाप बढिरहेको उनले बताए ।
“यो सरुवा रोग भएकाले घरका एक जनामा देखिएपछि अन्य सदस्यलाई पनि सर्ने गरेको छ, एउटै घरका चार÷पाँच जना नै ग्रसित भएको पनि देखिएको छ”, डा अग्रहरिले भने ।
उहाँका अनुसार प्रतिकूल मौसम, खानपानमा ध्यान नदिनु, सरसफाइको कमीलगायतका कारण सरुवा भाइरल ज्वरोका बिरामी बढेका हुन् ।
ज्वरो आउने, चिसो लाग्ने, वान्ता हुने, टाउको दुख्नेजस्ता लक्ष्ण देखिए तत्काल चिकित्सकसँग सम्पर्क गर्न तथा प्रशस्त पानी पिउन, आराम गर्न, रोगीले प्रयोग गरेका रुमाललगायतका वस्तु प्रयोग नगर्न तथा नछुन, र हात धोइरहने गरेमा यस किसिमको रोगबाट बच्न सकिने डा अग्रहरिको सुझाव छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन
जेठ २, २०८१ बुधबार
जीपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै
बैशाख ३१, २०८१ सोमबार
बैतडीका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द
बैशाख ३०, २०८१ आइतबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने
जेठ २, २०८१ बुधबार
एमालेले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने
जेठ २, २०८१ बुधबार
स्लोभाकियाका प्रधानमन्त्री फिकोमाथि गोली प्रहार
जेठ २, २०८१ बुधबार
प्रतिकूल मौसमले सगरमाथा आरोहण प्रभावित
जेठ २, २०८१ बुधबार
सन्दीपको निलम्बन फुकुवा, टी–२० विश्वकप खेल्न पाउने
जेठ २, २०८१ बुधबार
जसपा विभाजनमा निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न सर्वाेच्चको आदेश
जेठ २, २०८१ बुधबार
सन्दीपको प्रतिक्रिया: म निर्दोष छु भन्दा पनि फसाइयो
जेठ २, २०८१ बुधबार