प्रज्नाको मार्मिक गीत ‘फर्कि आऊ’ सार्वजनिक
नेपालबहस संवाददाता
भदौ ३, २०७६ मंगलबार १४:२१:५४
३ भदौ, अमेरिका । अमेरिकाको केन्टकी राज्यमा बस्ने प्रतिभाशाली ८ वर्षिया बालिका प्रज्ना पाठकले जन्मदिनको अवसरमा मार्मिक गीत ‘फर्कि आऊ’ को लिरिकल भिडियो सार्बजनिक गरेकी छिन्।
चर्चित गायकरसंगीतकार स्वरूपराज आचार्यको संगीत र मणि भट्टराईको शब्द रहेको उक्त मार्मिक गीतमा बिदेशिएका बाबासँगै सँधै हाँस्न, खेल्न, रमाउन पाए कस्तो हुन्थ्यो होला भन्ने एउटी अबोध बालिकाको मनको चाहनालाई व्यक्त गरिएको छ।।
देशको चरम बेरोजगारीको कारण कलिला छोराछोरीहरूलाई आफ्नो जन्मभूमि छोडेर बिदेशी भूमिमा आफ्नो रगत, पसिना बगाउन बाध्य लाखौं लाख बुबाहरुलाई घर फर्कि आउन एउटी अबोध छोरीले गरेको अनुरोधलाई गीतमा समेटिएको छ ।उक्त गीत गायिका पाठकको युट्युब च्यानलबाट सार्बजनिक भएको छ।
अंग्रेजी गीतहरु पनि निकै राम्रो गाउने प्रज्नाले विभिन्न कार्यक्रमहरुमा समेत प्रस्तुति दिने गर्छिन्। प्रज्नाले ६ बर्षको उमेरमा ूद न्यु गर्ल इन टाउनू नामक बाल पुस्तक पनि प्रकाशित गरेकी थिइन्। उक्त पुस्तक प्रकाशनबाट संकलित २५०० डलर उनले बाल अस्पताल सेन्ट जुड चिल्ड्रेन रिसर्च हस्पिटललाई समेत प्रदान गरेकी थिइन्।
गायिका पाठकका पिता मुर्रे स्टेट युनिभर्सिटीका प्रोफेसर डा मनोज पाठक प्रज्ना चार बर्षको उमेर देखिनै गीत, संगीत ,लेखन र चित्रकलमामा लागि परेको बताउछन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालको समृद्धिका निम्ति स्वदेशमै काम गर्न अभिप्रेरित गर्ने फोटो प्रदर्शनी
बैशाख २८, २०८१ शुक्रबार
जापानी परराष्ट्रमन्त्री योकोको रोजाइमा नेपाली लेखकका पुस्तक
बैशाख २३, २०८१ आइतबार
बालेनको कविता संग्रह ‘अश्र’ सार्वजनिक
बैशाख १४, २०८१ शुक्रबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
आइपिएलमा आज सनराइजर्स र गुजरातबीच खेल हुँदै
जेठ ३, २०८१ बिहिबार
पाथीभरामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन
जेठ ३, २०८१ बिहिबार
पाल्पामा जीप दुर्घटना : २ जनाको मृत्यु, १३ घाइते
जेठ ३, २०८१ बिहिबार
आज सीता जयन्ती, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै
जेठ ३, २०८१ बिहिबार
बाँकेमा लागुऔषध दुर्व्यसनीविरुद्ध अभियान
जेठ ३, २०८१ बिहिबार
राजस्थानमाथि पञ्जाव ५ विकेटले विजयी
जेठ ३, २०८१ बिहिबार