मुक्तिनाथ रेमिटको ‘७६ साल ७६ उपहार, चाडपर्वसँग खुशीको वहार’ नामक विप्रेशण अभियान सञ्चालन
इन्द्र रिजाल
भदौ ३, २०७६ मंगलबार १७:२२:२५
काठमाडौं । मुक्तिनाथ विकास बैंक अन्तर्गत रहेको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१, २०७६ देखि कार्तिक ३० गतेसम्म लाग हुने गरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसँग खुशीको वहार’ अभियान सञ्चालन गरेको छ ।
यस अभियान अन्तर्गत तोकिएको अवधिभित्र मुक्तिनाथ रेमिटबाट पैसा पठाउनुहुने वा कुनै पनि रेमिट्यान्समार्फत पठाएको रकम मुक्तिनाथ विकास बैंकबाट लिनुहुने सम्पुर्ण ग्राहकवर्गहरु मध्यबाट भाग्यशाली विजेताहरुलाई विभिन्न ७६ पुरस्कारहरु वितरण गरिने बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले जानकारी दिएका छन् ।
७६ पुरस्कारहरुमध्ये २५ जनालाई Bluetooth Speaker, २० जनालाई Pressure Cooker, १५ जनालाई Smart Mobile Set, ७ जनालाई TV 32” Smart HD, ५ जनालाई Fridge 200 ltr, ३ जनालाई Laptop, १ जनालाई Scooty वितरण गरिनेछ । भाग्यशाली विजेताहरुको घोषणा यस बैंकका ब्राण्ड एम्बेस्डर सीताराम कट्टेल ( धुर्मुस) र कुञ्जना घिमिरे ( सुन्तली) बाट २०७६ मंसीर १५ गते आईतबार ३ बजे यस विकास बैैंकको Facebook Page मार्फत Live गरिने जनाईएको छ । बैंकले यस अभियानबाट अत्याधिक विप्रेशण कारोबार गर्ने लक्ष्य राखेको सुचना अधिकारी तिलबहादुर गुरुङ्गको भनाई छ ।
मुक्तिनाथ विकास बैंकले देशैभरी ११८ वटा शाखा, २२ वटा एटीएम र करिब सात लाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, मोबाइल बैंकिंङ्ग सुविधाका साथै देशैभरी भिसा नेटवर्क अन्तर्गत रहेका ATM बाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ ।
हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता तथा, आकर्षक सुविधा र व्याजदरमा आवास तथा सेयर कर्जा सञ्चालनमा ल्याएको बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले जानकारी दिएका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपविनिमय दर: डलर स्थिर रहँदा युराे र पाउण्ड घट्याे
बैशाख २०, २०८१ बिहिबार
विदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ कारोबार ?
बैशाख १७, २०८१ सोमबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
राष्ट्रियसभाको बैठक पनि दुई घण्टाका लागि सर्यो
जेठ ६, २०८१ आइतबार
सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार
चेपाङ बस्तीमा प्राधिकरणले जब निःशुल्क मिटर बाँड्यो !!!
जेठ ६, २०८१ आइतबार
पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तु समस्यामा
जेठ ६, २०८१ आइतबार