प्रहरीले पक्राउ गर्यो देशैभर लागूऔषधको गिरोह
नेपालबहस संवाददाता
भदौ ३, २०७६ मंगलबार २३:७:३६
३ भदौ,काठमाडौं । कीर्तिपुर नगरपालिका १० बाट लागूऔषध गाँजा २ केजी ३ सय ग्रामको साथै नगद ४० हजार रुपैयाँ र ४ थान मोबाइलसहित मकवानपुर घर भई काठमाडौं चोभार बस्ने २० वर्षीय दिपक लामा समेत ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले बा २ ख ९४२६ नम्बरको पानी ट्याङ्कर जाँच गर्ने क्रममा ट्याङ्करमा लुकाई छिपाई राखेको अवस्थामा उक्त परिमाणको लागूऔषध फेला पारेको हो । यसैगरी काठमाडौं महानगरपालिका-१ हात्तिसारबाट काठमाडौं सिनामंगल घर भएका २५ वर्षीय साजन देवकोटालाई लागूऔषध गाँजा करिब २५ ग्राम र १० ग्राम पोल्याण्डसहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै मकवानपुर प्रहरीले अवैध लागूऔषध गाँजा करिब ८५ केजी सहित सप्तरी डाकनेश्वरी गाउँपालिका-९ बस्ने ४० वर्षीय घुरन साहलाई राकसिराङ गाउँपालिका-३ चरिखेतबाट सोमबार राति पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे चेकपोष्टमा खटिएको प्रहरीले अवैध लागूऔषध गाँजा करिब २५ केजी सहित ४ जनालाई मंगलबार बिहान पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत घर भएका २५ वर्षीय मुकेश सहनी, सोही ठाउँ बस्ने २५ वर्षीय राज कुमार, भारत मोतिहारी चिन्तामनपुर हरी सिद्धी बस्ने ३५ वर्षीय ओम प्रकाश चौधरी र पर्सा बिन्दा बाँसीनी गाउँपालिका-५ बस्ने ५० वर्षीय जितेन्द्र प्रसाद यादव रहेका छन् । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको एचआर ५१ एल ५२४१ नम्बरको कार जाँच गर्ने क्रममा कारको पछाडीको सिटमुनी फल्स बटम बनाई प्लाष्टिकको पोकामा लुकाई छिपाई राखेको उक्त परिमाणको लागूऔषध फेला पारी कारमा सवार उनीहरुलाई पक्राउ गरेको हो ।
यसैगरि धादिङ प्रहरीले बेनिघाट रोराङ गाउँपालिका-९ मझिमटारबाट लागूऔषध गाँजा करिब ९ केजी सहित कास्की माछापुच्छ्रे नगरपालिका-८ बस्ने १७ वर्षीय सन्जोक सुनारलाई सोमबार दिउँसो पक्राउ गरेको छ । उक्त स्थानमा काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग।१ ख ७७०२ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धान गर्ने क्रममा स्याङ्जा चिन्नेबास बस्ने १९ वर्षीय नयन थापा मगर र कास्की लेखनाथ महानगरपालिका-९ बस्ने १९ वर्षीय संगित बिकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता नवलपरासी-पश्चिम प्रहरीले सुस्ता गाउँपालिका-२ गुदरियाबाट लागूऔषध ब्राउन सुगर करिब ३।५ ग्राम सहित सोही गाउँपालिका बस्ने ३५ वर्षीय प्रविण अमात्यलाई सोमबार दिउँसो पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले लु ३८ प १५२६ नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुन तस्करी प्रकरणमा काभ्रेका थर्कमान लामा पक्राउ
जेठ १८, २०८१ शुक्रबार
रौतहट प्रहरीद्वारा लाखौँको भारतीय मलखाद र कुखुरा बरामद
जेठ १०, २०८१ बिहिबार
दिल्ली बसेर अमेरिका र क्यानडा पठाउँछु भन्दै मानव तस्करी गर्ने गिरोहले ७ करोड ५० लाख ठगे
बैशाख ३१, २०८१ सोमबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
गृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
समयमै क्यासिनो नवीकरणको आवेदन नदिए इजाजतपत्र खारेज हुने
जेठ १८, २०८१ शुक्रबार
स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्न मन्त्री यादवद्वारा समिति गठन
जेठ १८, २०८१ शुक्रबार
वाग्मती प्रदेशको नीति तथा कार्यक्रम स्वीकृत
जेठ १८, २०८१ शुक्रबार
अत्यधिक गर्मीले बर्दियाका विद्यालय थप ६ दिन बन्द
जेठ १८, २०८१ शुक्रबार
दुबईबाट फर्केर तरकारीखेती
जेठ १८, २०८१ शुक्रबार