चितवनमा १०६ जनामा डेङ्गु
नेपालबहस संवाददाता
भदौ ५, २०७६ बिहिबार १९:११:४६
५ भदौ, चितवन । साउन महीनामा जिल्लामा १०६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार ४५३ जनामा गरिएको परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएको हो ।
कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार भेटिएका डेङ्गुका सङ्क्रमितमध्ये ७८ जना चितवनका हुन् । तीमध्ये ६९ जना भरतपुर महानगरपालिकाका छन् ।
भरतपुर महानगरपालिका वडा नं १, २ र ३ मा बढी सङ्ख्यामा डेङ्गुको जोखिम देखिएको केसीले जानकारी दिए। महानगरको कमलनगर, पुलचोक क्षेत्र बढी प्रभावित रहेको उनले जानकारी दिए ।
सङ्क्रमण बढेसँगै डेङ्गुको प्रकोप फैलन सक्ने देखिएपछि कार्यालयले सबैलाई सतर्क रहनसमेत आग्रह गरेको छ । महानगरका १, २, ३, ४, १० नं वडा डेङ्गुको उच्च जोखिममा रहेको किट नियन्त्रक केसीले बताए । यी वडामा कबाडी पसल, ग्यारेज तथा वर्कशप र होटल धेरै छन् । ती स्थानमा बढी डेङ्गुको जोखिम देखिएको कार्यालयका प्रमुख दीपक तिवारीले जानकारी दिए ।
आर्थिक वर्ष २०७५/७६ मा एक हजार ९५१ जनाको रक्त परीक्षण गरिएकामा ३१ जनामा सो रोग देखिएको थियो । डेङ्गु रोग एडिस एजेप्टाइ नामको पोथी लामखुट्टेको टोकाइबाट लाग्दछ । यो लामखुट्टेको टोकाइबाट बच्नसकेमा डेङ्गुको सङ्क्रमणबाट बच्न सकिने हुँदा सतर्क रहन केसीले सुझाव दिए ।
भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा भोजराज अधिकारीका अनुसार डेङ्गुको सङ्क्रमण देखिएका बिरामीमा टाउको दुख्ने, कम्मर दुख्ने, रक्तचाप परिवर्तन भइरहने, झाडाबान्ता हुने लगायतका सङ्केत देखिएका छन् । अघिल्ला वर्षमा तीन दिनमा मात्रै सङ्क्रमण देखिने गरेको भए पनि अहिले शुरुकै दिनमा सङ्क्रमण देखिने गरेको उनले बताए ।
भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार अस्पतालमा उपचार गराउन आउने बिरामीमध्ये ५० प्रतिशत भाइरल ज्वरोका बिरामी हुने गरेका छन् ।
अस्पतालमा बिरामीको चाप बढेसँगै उच्च सतर्कता अपनाइएको उनले बताए । साधारणतया भदौदेखि कात्तिकसम्म डेङ्गुको सङ्क्रमण जोखिम उच्च रहन्छ । तर साउन महीनामा नै धेरै सङ्ख्यामा बिरामी देखिएको हो । जिल्लामा सन् २०१०, २०१३ र २०१६ मा डेङ्गु महामारीकैरुपमा फैलिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी
जेठ ७, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
जेठ ७, २०८१ सोमबार
आइपिएलको प्लेअफको समीकरण पुरा, पहिलो क्वालिफायरमा कोलकोता र सनराइजर्स खेल्ने
जेठ ७, २०८१ सोमबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार