घरघर बृद्धभत्ता बाड्दै भीरकोटका मेयर खनाल
नेपालबहस संवाददाता
भदौ ५, २०७६ शुक्रबार १:२९:२१
प्रकाश डोटेल
५ भदौ,स्याङ्जा । संघीयता लागु भएसँगै सिंहदरबारको अधिकार घरघरमा आयो भन्ने घोषणाले खुशी देखिएका सर्वसाधारण पछिल्लो समय दोहोरो कर तिर्नुपर्ने, अपेक्षाकृत सेवा सुविधा नपाउँदा संघीयतासँग वाक्क भएका छन् । संघीयतालाई स्थापित बनाउन केही स्थानीय तहले सहानीय कामको थालनी गरेका छन्, यहि सहानीय कामको थालनी स्याङ्जाको भीरकोट नगरपालिकाले गर्न थालेको छ ।
सहानीय कामको थालनी स्वरुप भीरकोट नगरपालिकाले घरघरमा पुगेर बृद्धभत्ता वितरण गरेको छ । ६ हजार बृद्धभत्ताको लागि १० हजार खर्च हुने गुनासो बृद्धहरुले गरिरहेका बेला नगरपालिकाले घरघरमै पुगेर भत्ता वितरण गरेको हो ।
नगरपालिकाको वडा ५ का ७० वर्ष नाघेका हिडडुल गर्न नस्कने अपाँङ्ग, अशक्त ३५ जना बृद्धहरुलाई घरघरमै पुगेर भत्ता वितरण गरिएको नगरप्रमुख (मेयर) छायाराम खनालले बताए । यसअघि बृद्धाहरुको भत्ता आफ्ना घरपरिवारका सदस्यले बुझ्दै आएका थिए ।
“जसको लागी सामाजिक सुरक्षा भत्ता आएको हो उसले आफ्नो हातमा नपाउने गरेको गुनासो आएपछि नगरपालिकाले बृद्धबृद्धाको घरघरमा गएर भत्ता वितरण कार्य हौं ।” नगर प्रमुख खनालले भने, “घरघरमा पुगेर भत्ता दिदा परिवारका सदस्य भत्ता बुझ्ने तर बृद्धबृद्धाले नपाउने समस्या समेत हट्नेछ ।”
आफ्नो भत्ता रकम बुबा आमालाई कमै मात्रामा दिने गरेको भेटिएपछि ७० वर्षका अशक्त, बृद्धहरुलाई घरघरमा गएर सुरक्षा भत्ता वितरण गरेको मेघा बैंक नेपाल वयरघारी शाखाका प्रबन्धक रविन्द्र नेपालले बताए । उनका अनुसार आर्थिक वर्षको पहिलो महिनामै नगर प्रमुख, वडाका जनप्रतिनिधि र बैंकका कर्मचारीसहितको टोलीले घरघरमा पुगेरा भत्ता वितरण गरिएको हो ।
बैँकिङ सेवा पारदर्शी भएपनि लामो समय लाईन बसेर भत्ता बुझ्नुपर्दा भत्ताभन्दा दोब्बर रकम बिरामी भएर खर्च हुने भन्दै बृद्धाहरुले गुनासो गरेका थिए । गुनासो आएपछि नगरपालिकाका सबै वडाका ७० वर्ष काटेका हिडडुल गर्न नस्कने अपाँङ्ग, अशक्त बृद्धहरुलाई घरघरमा गएर सुरक्षा भत्ता वितरणको थालनी गरिएको नगर उपप्रमुख सिमा कर्माचार्यले बताईन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी
जेठ ७, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
जेठ ७, २०८१ सोमबार
आइपिएलको प्लेअफको समीकरण पुरा, पहिलो क्वालिफायरमा कोलकोता र सनराइजर्स खेल्ने
जेठ ७, २०८१ सोमबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार