ईटहरीमा फिल्म ‘मारुनी’को ग्रान्ड कन्सर्ट
नेपालबहस संवाददाता
भदौ ६, २०७६ शुक्रबार १६:११:२८
६ भदौ ईटहरी । यहि भदौको १३ गतेबाट प्रदर्शनमा आउने प्रतिक्षित फिल्म ‘मारुनी’को पब्लिसिटी कन्सर्ट ईटहरीबाट सुरु भएको छ ।
हिजो ४ गते ईटहरीमा ५ बजेदेखि सुरु भएको कन्सर्ट राती झन्डै ८ बजेसम्म निरन्तर चलेको थियो । स्थानिय कलाकार, डान्सार, डाईनामिक ब्याण्ड, मारुनी फेसन शो संगै फिल्मकी नायिका शाम्राज्ञि राज्य लक्ष्मी शाह र नायक पुष्प खड्काले मारुनिको गीतमा कम्मर मर्काएका थिए ।
झन्डै १५ सयको हाराहारीमा ईटहरीबासी माझ साम्राज्ञि र पुष्पले फिल्मको सार्बजनिक २ लोकप्रिय गीत ‘सक्दिन’ र जाम न माया जामुमा उपस्थित दर्शक संगै नाचेका थिए ।
कन्सर्टको अर्को मुख्य आकर्षण मारुनी फेसन शो रहेको थियो । केही दिन अघि मारुनी टि-सर्ट लगाएर फोटोसुट गरेका युवायुवती तथा मोडलहरुले कार्यक्रमको अन्त्यतिर र्याम्प शो गरेका थिए । उक्त र्याम्प शो संगै साम्राज्ञि र पुष्प स्टेज चढ्दा दर्शकको भिड थाम्न हम्मे हम्मे परेको थियो ।
सेल्फी खिच्न क्रेजी उपस्थित दर्शकहरू संग साम्राज्ञि र पुष्पले उत्साहित हुँदै नाच्न छोडेर सेल्फी खिच्न थालेको दृश्य हेर्न लायक थियो । नायक नायिका संगै निर्माता पुनम गौतम, निर्देशक नवल नेपाल र गायक कृष्ण काफ्ले पनि उपस्थित थिए । निर्माता पुनमले आफू यसरी फिल्मका लागि पहिलो पटक हिडेको र उक्त जमात देख्दा एकदमै उत्साहित भएको भन्दै स्टेजबाट भदौ १३ गते सबैलाई मारुनी हेर्न नजिकको हलमा जान आग्रह गरिन ।
यस्तै ईटहरीकै तरहराका स्थायीबासी रहेका निर्देशक नवलले पनि कन्सर्टमा उपस्थित दर्शकलाई सम्बोधन गर्दै सबैलाई मारुनी हेर्न आग्रह गरे । ड्रीमहाई नेपालको आयोजनामा देशको ४ ठाउँ कन्सर्ट गर्न निस्केको टिमले ईटहरीबाट पब्लिसिटी कन्सर्टको सुरुवात गरेको हो । ईटहरीको कन्सर्टलाई परिकला मिडिया प्राली तथा डिथ्री अनलाइनले सम्पुर्ण जिम्मेवारी लिएको थियो ।
बुधबार ११ बजे प्रेसमिट सकेर युनिट कन्सर्टको तयारीमा लागेको थियो । मारुनिको प्रचारप्रसारमा करिब १ साता देखि ईटहरीको टिम लागेको थियो । मारुनी टि-सर्टमा फोटोसुट, प्रोमो भिडियो, रोड क्याम्पियन देखि कलेज क्याम्पियन र माईकिङसम्म गरेक्क थियो ।
प्रचारप्रसारको प्रतिफल पनि कार्यक्रमको बेला राम्रै पाईएको ईटहरी ब्यवस्थापनको जिम्मा लिएका परिकला मिडिया तथा डिथ्री अनलाइनका सुवास संकल्पले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालको समृद्धिका निम्ति स्वदेशमै काम गर्न अभिप्रेरित गर्ने फोटो प्रदर्शनी
बैशाख २८, २०८१ शुक्रबार
जापानी परराष्ट्रमन्त्री योकोको रोजाइमा नेपाली लेखकका पुस्तक
बैशाख २३, २०८१ आइतबार
बालेनको कविता संग्रह ‘अश्र’ सार्वजनिक
बैशाख १४, २०८१ शुक्रबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
उर्लाबारीबाट मिक्लाजुङ जाने सडक किनारामा फूल
जेठ २, २०८१ बुधबार
निर्वाचन भएको दुई वर्षपछि व्यास नगरपालिकाको पुनः मतगणना हुने
जेठ २, २०८१ बुधबार
पालिकाद्वारा अतिविपन्न परिवारको स्वास्थ्य बीमा
जेठ २, २०८१ बुधबार
निःशुल्क सीपमूलक तालिमका लागि ४३ हजार ५८ जनाको आवेदन
जेठ २, २०८१ बुधबार
युक्रेन युद्धमा करिब २ हजार बालबालिकाको मृत्यु
जेठ २, २०८१ बुधबार
आठवटा ‘डिपट्युवेल’का ‘ट्रान्सफर्मर’ चोरी
जेठ २, २०८१ बुधबार