आन्तरिक सडक खोल्न स्थानीय सरकारलाई सकस
नेपालबहस संवाददाता
भदौ ११, २०७६ बुधबार १९:४२:५२
११ भदौ जाजरकोट । वर्षौंपिच्छे निर्माण गरिएका यहाँका आन्तरिक सडक वर्षायाममा भत्किएका कारण स्थानीय सरकारलाई सडक खुलाउन सकस भएको छ । आन्तरिक स्रोत नभएका जिल्लाका स्थानीय सरकारलाई सडक खुलाउन समस्या भएको हो ।
दाता संस्थाद्वारा प्राविधिक जाँच तथा लागत अनुमानबिना निर्माण गरिएका सडक भत्किएका कारण शुरुमा निर्माण गर्दा लागेको रकम बराबर अहिले भत्किएका सडक मर्मत गर्न खर्च गर्नुपर्ने भएको छ ।
नलगाड नगरपालिकाभित्रका एक दर्जन आन्तरिक सडक, कुशे गाउँपालिकाका आधा दर्जन र बारेकोट गाउँपालिकाका आधा दर्जन सडकका साथै शिवालय, छेडागाड र भेरी नगरपालिकाका आन्तरिक सडक मर्मतमा बजेटको समस्या देखिएको स्थानीय सरकारले बताएका हुन् । पर्व नजिकिँदै गर्दा यहाँका आन्तरिक सडक खुलाउनै पर्ने बाध्यताले चुनौती थपिएको नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले बताए ।
सबैभन्दा बढी सडक निर्माण भएको उक्त नगरपालिकाका अधिकांश सडक भत्किएका छन् । करोडाँै रकम आन्तरिक सडक मर्मततर्फ खर्च गर्नुपर्ने बाध्यता आइलागेको उनले बताए । त्यस्तै असमित विकासका योजना तर सीमित स्रोत र साधन भएकाले पनि भत्किएका सडक निर्माणमा वर्षेनी चुनौती थपिँदै आएको छेडागाड नगरपालिकाका प्रमुख लालबहादुर महतराले बताए ।
कलकारखाना तथा उद्योगधन्दा कम भएको जाजरकोटमा आन्तरिक कर सबैभन्दा कम उठ्ने गर्दछ । कडा तथा भिरालो भूबनोट भएकाले वर्षेनी सडक निर्माणमा मात्र करोडाँै बजेट खर्च भए पनि नतिजामुखी हुन नसकेको जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले बताए।
पुराना भत्किएका सडक मर्मत गर्दा बजेट सकिने भएकाले नयाँ सडक निर्माण गर्न वर्षेनी बजेट अपुग हुने गरेको छ ।स्थानीय, प्रदेश र केन्द्र सरकारले निर्माण गर्ने सडक तथा विकास कार्यक्रमको क्षेत्र विभाजन भए पनि त्यो जाजरकोटमा लागु हुन सकेको छैन ।
विस्तृत योजना प्रतिवेदन ‘डिपिआर’ निर्माण नगर्दा वर्षेनी छुट्याएको बजेट प्रयोग नहुने समस्या बढेको छ । यो वर्ष मात्र जाजरकोटबाट ठूलो मात्रमा बजेट फिर्ता भएको थियो । प्रदेशबाट छुट्याएको बजेटसमेत डिपिआरको समस्याले कार्यान्वयनमा समस्या आएको कर्णाली प्रदेश सरकारका प्रवक्ता विमला केसीले बताए।
योजना माग हुने गर्दछ तर योजना निर्माणका लागि आवश्यक प्रक्रिया पूरा नहुँदा कामको नतिजा नदेखिएको उनको भनाइ थियो । डिपिआरबिना नै सडक निर्माण गरिएकाले बाढीपहिरोले जङ्गल तथा खेतीयोग्य जमीनका साथै स्थानीयवासीका घर जोखिममा परेका छन् । खेतीयोग्य जमीन र बाली लगाएको भारी जमीन पुरिँदा खाद्यान्न उत्पादनमा समेत समस्या भएको छ ।
पहिरोकै कारण जिल्लाका १०० भन्दा बढी परिवार घर छोडेर सुरक्षित स्थानमा बस्न बाध्य छन् । एकातिर आर्थिक रुपमा व्यापक क्षति, अर्कोतिर खेतीयोग्य जमीन, जङ्गल पुर्नाका साथै बजेट लगानी गरिएको रकम खेर गइरहेको छ । डोजरद्वारा निर्माण गरिएको सडकको छेउछाउमा घर निर्माण गर्न जमीनमा खेती गर्न नमिल्ने अवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
उपेन्द्रले सभामुखलाई दिए नयाँ दल बनाएका सात सांसदलाई कारवाही गरेको जानकारी
जेठ ६, २०८१ आइतबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
टीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार