ढुङ्गा विस्फोटनका लागि प्वाल खोप्ने काम तीव्र
नेपालबहस संवाददाता
भदौ १२, २०७६ बिहिबार १३:३०:४
१२ भदौ, रसुवा । गोसाइँकुण्ड गाउँपालिका–६ धुञ्चे नजिक ब्रावल भिरमा भासिएको पासाङल्हामु राजमार्ग सुधारको प्रयास जारी रहेको छ ।
प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार सडक सतह भासिएको स्थानमा तत्काल टेवापर्खा लगाउने सम्भावना नभएकाले कुनातर्फबाट डाइभर्सन गर्न ढुङ्गाको पहरो फुटाउने प्रयास जारी रहेको छ ।
पहिरोलाई विस्फोटन गराउन मङ्गलबारदेखि शुरू भएको प्वाल खोप्ने काम तीव्ररूपमा भइरहेकाले आज मध्याह्नसम्म विस्फोटन गराउने लक्ष्य लिइएको छ ।
नेपाल चीन केरूङ ओहोरदोहर गर्ने मालवाहक कन्टेनर, यात्रुवाहक बस तथा अन्य सवारीसाधन भने आंशिकरूपमा छोड्ने व्यवस्था मिलाइसकिएको बताउँदै जिल्लाका प्रमुख प्रहरी नायब उपरीक्षक भाग्येन्द्र पुरूष ढकालले पहिरो स्थलमा प्रहरीसमेत परिचालन गरिएको जानकारी दिए ।
पहराको ढुङ्गामा मङ्गलबार र बुधबारको प्रयासबाट पाँचरछ मिटर गहिराइ भएका ४८ वटा प्वाल खोप्ने कार्य सम्पन्न भएको बताइएको छ । आज बिहानसम्ममा थप १५र१६ प्वाल परेपश्चात् आजै विस्फोटन हुने स्थानीय प्रशासनले बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द
जेठ ६, २०८१ आइतबार
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डमा एक सय ५५ दिन म्याद थप
जेठ ४, २०८१ शुक्रबार
लेनडाँडा सुरुङमार्गको 'ब्रेक थ्रु'
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
उपेन्द्रले सभामुखलाई दिए ७ सांसदलाई कारवाही गरेको जानकारी
जेठ ६, २०८१ आइतबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
टीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार