आजबाट काठमाडौं–जापान सिधा उडान शुरु
नेपालबहस संवाददाता
भदौ १२, २०७६ बिहिबार १५:५१:५८
१२ भदौ, काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले काठमाडौं–जापान सिधा उडान बिहीबारदेखि शुरु गरेको छ ।
निगमको वाइडबडी जहाज बिहीबार ‘आज’ त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट राती साढे २ बजे एक सय ३४ जना यात्रु बोकेर जापानको ओसाकास्थित कान्साई अन्तर्राष्ट्रिय विमानस्थलमा प्रस्थान गरेको हो ।
निगमको काउन्टरमा टिकट काटेका ८० यात्रु र बुकिङ गरेका पाँच जनासहित ८५ जना यात्रुबाहेक राज्यमन्त्री धनबहादुर बुढासहितका सांसद, निगमका कर्मचारी, मन्त्रालयका कर्मचारी, पर्यटन व्यवसायी गरी ४९ जना सहित १ सय ३४ जना निगमको वाइडबडी जहाजमा जापान प्रस्थान गरेका छन् ।
निगमले १२ वर्षपछि जापान उडान सुरु गरेको हो । काठमाडौंबाट विमान सिधै जापान उडेको हो । राती साढे १२ बजे विमानस्थलमा उद्घाटन कार्यक्रमसहित साढे ६ घन्टाको उडान सुरु गरिएको हो ।
पहिलो पटक जापानमा निगमले सिधा उडान गरेको अवसरमा काठमाडौंबाट जाने र जापानबाट आउने हवाइ यात्रुमध्ये १–१ जनालाई लक्की ड्र मार्फत एक बर्षभित्र प्रयोग गर्न सकिने गरी दुईतर्फी टिकट दिइने निगमका सहप्रवक्ता सुलेख मिश्रले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
टीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
नेविसंघले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
जेठ ६, २०८१ आइतबार