वैकल्पिक सडक नहुँदा बालकोट–सिरुटारका बासिन्दालाई सास्ती
नेपालबहस संवाददाता
भदौ १२, २०७६ बिहिबार १९:३१:५७
१२ भदौ, मध्यपुरथिमि । सूर्यविनायक नगरपालिका– २ स्थित बालकोट–सिरुटार सडक विस्तार, ढल व्यवस्थापन एवं कालोपत्र गर्ने काम शुरु भएको छ ।
मध्यपुरथिमिको कौशल्टारबाट बालकोट, सिरुटार हुँदै बिरुवा जाने एकमात्र मूल सडकको रुपमा रहेको यो सडक खण्डको बालकोटमा सडक विस्तार शुरु गरिएको हो।
प्रतिनिधिसभा सदस्य महेश बस्नेतको पहलमा केन्द्रीय सरकारको रु पाँच करोडको लागतमा बालकोटको पाटीधारादेखि सिरुटारको सिमानासम्म सडक विस्तार शुरु गरिएकामा प्रदेश नं ३ का प्रदेशसभा सदस्य शशिजंग थापाको पहलमा प्रदेश सरकारबाट आएको रु एक करोडको लागतमा सडक सीमाङ्कन एवं ढुङ्गाको पर्खाल लगाउने काम सकिएको र अहिले ढल व्यवस्थापन एवं कालोपत्र गर्न थालिएको छ ।
“पाटीधारादेखि सिरुटारको सिमानासम्म ढल हाल्ने काम भइरहेकाले आगामी कात्तिक अन्तिमसम्ममा ढल व्यवस्थापन, सडक कालोपत्र र फुटपाथ निर्माण गरी हस्तान्तरण गरिसक्ने गरी सम्झौताअनुसार काम भएको छ”, प्रदेशसभा सदस्य थापाले जानकारी दिए ।
सडक विस्तार शुरु भएसँगै कौशल्टार, बालकोट, सिरुटार जाने सडक बन्द भएको छ । बिरुवाबाट सिरुटार हुदै रत्नपार्क जाने सार्वजनिक यातायातका साधनका साथै स्थानीयवासीका निजीसवारी साधनसमेत सञ्चालन हुन सकेका छैनन् ।
वैकल्पिक सडकको व्यवस्था नहुँदा एम्बुलेन्ससमेत रोकिएका छन् । स्थानीयवासिन्दाले भने वैकल्पिक सडक नभएकाले ढल हाल्ने कार्य तत्काल सम्पन्न गरी थुपारिएको माटो सम्याएर एकतर्फी भए पनि सडक सञ्चालन गर्न माग गरेका छन् ।
स्थानीयवासी भुपाल गिरीले वैकल्पिक सडक नहुँदा बालकोट, सिरुटादेखि बिरुवासम्मका बासिन्दालाई समस्या भएकाले जतिसक्दो छिटो सडक खुलाउने गरी काम गर्न निर्माण कम्पनीलाई आग्रह गरिएको बताए ।
दशैँ र तिहारजस्ता महत्वपूर्ण चाडसमेत नजिएकाले दशैँसम्म दुईतर्फी सडक सञ्चालन गर्न नसके निकै सास्ती पर्ने भन्दै छिटो काम सम्पन्न गराउन निर्माण कम्पनीलाई स्थानीय जनप्रतिनिधिले दबाब दिनुपर्ने बालकोटमा सुशान्त कार्कीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द
जेठ ६, २०८१ आइतबार
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डमा एक सय ५५ दिन म्याद थप
जेठ ४, २०८१ शुक्रबार
लेनडाँडा सुरुङमार्गको 'ब्रेक थ्रु'
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
घाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ
जेठ ६, २०८१ आइतबार
अझै सुरु भएन प्रतिनिधि सभा बैठक, राष्ट्रिय सभा स्थगित
जेठ ६, २०८१ आइतबार
'डोको बोकेर दौडिने' प्रतियोगितामा फक्ताङ्लुङका छत्रबहादुर कार्की प्रथम
जेठ ६, २०८१ आइतबार
मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व संकलन
जेठ ६, २०८१ आइतबार