खुल्यो अवरुद्ध पासाङल्हामु राजमार्ग
नेपालबहस संवाददाता
भदौ १२, २०७६ शुक्रबार ३:५२:४७
१२ भदौ, रसुवा । गोसाइँकुण्ड गाउँपालिका–६ धुञ्चे नजिक व्रावल भिरमा भदौ ८ गतेदेखि अवरूद्ध पासाङल्हामु राजमार्ग आज साँझदेखि खुलेको छ ।
प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार विष्फोटक पर्दाथको सहायताले भिरको पहरो विष्फोटन गराई राजमार्ग खुला गरिएको हो । छेउतर्फ पर्खाल लगाउन बढी समय लाग्ने प्राविधिकले निचोड निकालेपछि विष्फोटक पदार्थको सहायताले पहरो फोरी सडक खुलाइएको नेपाली सेनाको कालीप्रसाद गणले जनाएको छ ।
उक्त गणको प्राविधिक टोलीले पहरामा विष्फोट गराई तीन दिनको प्रयासबाट आज उक्त राजमार्ग खुलाएको हो । सडक विभागको स्काभेटरलगायत मेशिनको सहायताले ढुङ्गा फोरी आंशिकरूपमा यातायात सञ्चालन गरिएकामा पहरा फुटाएपश्चात् आजदेखि पूर्णरूपमा यातायात सञ्चालनमा आएको छ ।
राजमार्गमा यातायात सञ्चालन गराउन नेपाली सेनाको कालीजङ्ग गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, डिभिजन सडक कार्यालयका प्राविधिकलगायत खटिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द
जेठ ६, २०८१ आइतबार
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डमा एक सय ५५ दिन म्याद थप
जेठ ४, २०८१ शुक्रबार
लेनडाँडा सुरुङमार्गको 'ब्रेक थ्रु'
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सेतीमा पक्की पुलको काम अलपत्र
जेठ ६, २०८१ आइतबार
रुडुबन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
कार्यदलको बैठक छाडेर संसदीय दलको कार्यालयमा आए कार्की र परियार
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
राष्ट्रियसभाको बैठक पनि दुई घण्टाका लागि सर्यो
जेठ ६, २०८१ आइतबार
सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार