सिलगुढी–काठमाडौं बस सेवा शुरु
नेपालबहस संवाददाता
भदौ १३, २०७६ शुक्रबार १३:३४:५
१२ भदौ, भद्रपुर । पूर्वी नाका काँकडभिट्टा हुँदै दैनिक काठमाडौँबाट पश्चिम भारतको सिलगुडीसम्म बस सेवा शुरु गरिएको छ ।
गत सोमबार काठमाडौँमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र नेपालका लागि भारतका राजदूत मञ्जीवसिंह पुरीले सो सेवाको संयुक्त उद्घाटन गरेका हुन् ।
सेवा उद्घाटनसँगै दैनिक वातानुकूलित ४४ सिटका बा ५ ख ७९४२ र बा ५ ख ७९४३ नम्बरका नेपाल भारतमैत्री बसले सेवा दिइरहेका नेपाल भारतमैत्री सङ्घ संयुक्त यातायात प्रालिका अध्यक्ष भरत तिम्सिनाले बताए । उनले पर्यटन वर्ष २०२० लाई लक्षित गरेर सरकारले काठमाडौँदेखि सीधा सिलगुडीसम्मको बस सेवा शुरु गरेको बताए ।
पर्यटकीय आकर्षणको केन्द्रबिन्दु रहेको काठमाडौँमा भूटान, बङ्गलादेश, भारतको सिक्किम, दार्जिलिङ, काम्लिपोङ, बर्मालगायतका पर्यटकलाई स्थलमार्गबाट नै ल्याउन सो बस सेवा प्रभावकारी हुने उहाँको भनाइ छ । काठमाडौँदेखि सिलगुडीसम्मको ६५० किमि लामो यात्रा गर्न बसलाई १८ घण्टा लाग्ने अध्यक्ष तिम्सिनाको भनाइ छ ।
उनका अनुसार हरेक दिन बसले अपराह्न ३ः०० बजे काठमाडौँ छोड्ने र काँकडभिट्टादेखि पानीट्याङ्की हुँदै भोलिपल्ट बिहान ९ः०० बजे सिलगुडी पुग्ने जनाइएको छ । बस भाडा रु दुई हजार नेपाली तोकिएको छ । नेपाल र भारतबीच बस सेवाका लागि विभिन्न १२ रुट स्वीकृत गरिएका छन् ।
जसमध्ये काठमाडौँदेखि सिलगुडी एघारौँ रुट भएको उहाँले बताउनुभयो । तत्काल काठमाडौँबाट दुई र सिलगुढीबाट दुई गरी चार बस सञ्चालनमा ल्याउने भारत सरकारसँगको सहमति भए पनि भारतले आगामी १५ दिनभित्रमा मात्र सेवा सञ्चालनमा ल्याउने तयारी गरेको अध्यक्ष तिम्सिनाको भनाइ छ ।
ग्रीन जेनेरेसनका अध्यक्ष अर्जुन कार्कीले काठमाडौँ–सिलगुडी बस सेवाले कसैलाई नोक्सान नपु¥याउने र राष्ट्रलाई फाइदा पुग्ने बताए । उनले भने, “नजिकिरहेको पर्यटन वर्ष २०२० लाई सफल पार्न सरकारको यो पवित्र निर्णयलाई स्वागत गर्दै सबैको सहयोग आवश्यक छ ।” सो बस सञ्चालनबारे काँकडभिट्टाका यातायात व्यवसायी, नागरिक समाजका अगुवा भने विरोधमा उत्रिएका छन् ।
स्थानीय सरोकार समितिका संयोजक ज्ञानेन्द्र घिमिरेले सिधा बस सेवा सञ्चालनले काँकडभिट्टाको व्यवसाय धरापमा पर्ने बताए । नेपाल ट्रेड युनियन व्यवसायी सङ्घका सल्लाहकार गोपाल शिवाकाटीले तत्काल दुई बस सञ्चालनमा आउँदा समस्या नभए पनि भविष्यमा भारतका हरेक शहरबाट नेपालका विभिन्न स्थानमा पु¥याउने सेवाले पूर्वी नाका काँकडभिट्टाको चहलपहल हराउनेमा चिन्ता व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
टीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
नेविसंघले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
जेठ ६, २०८१ आइतबार