आइतबारदेखि त्रिभुवन विमानस्थल पुन: ७ घन्टा बन्द !
नेपालबहस संवाददाता
भदौ १३, २०७६ शनिबार २:३८:२९
१३ भदौ,काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइतबार फेरि दैनिक ७ घण्टा बन्द हुने भएको छ ।विमानस्थलको धावनमार्ग लगायतका जिर्णोद्वार कार्यको दोस्रो चरणको काम पर्सिदेखि सुरु हुने भएपछि फेरि ७ घन्टा विमानस्थल बन्द हुने भएको हो ।
विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीका अनुसार आइतबारदेखि राति साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म विमानस्थल बन्द हुने भएको छ ।
तर, नेपाल वायुसेवा निगमले बिहीबारदेखि सुरु गरेको जापानको ओसाका उडानका दिन विमानस्थल मर्मतको कार्य आधा घन्टा स्थगन गरिने छ। ‘निगमको उडान भएको दिन मंगलबार, बिहीबार र शनिबार राति २ बजे जिर्णोद्वार तथा मर्मत कार्य रोकिने छ,’ महाप्रबन्धक क्षत्रीले भने, ‘साढे २ बजे जहाज उडेपछि फेरि मर्मत सुचारु गरिने हुनेछ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण मातहतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका अनुसार, विमानस्थल रिह्याबिलिटेसन ९जिर्णोद्वार० को काम भदौ १५ देखि सुरु भई पुस १५ गतेसम्म सञ्चालन हुने छ। यस अवधिमा ७ घन्टा विमानस्थल बन्द हुने छ।
दोस्रो चरणमा धावनमार्गको मध्यरेखामा लाइट राख्ने, ट्याक्सी-वे, एप्रोन र धावनमार्ग जोड्ने लिंक रोड, धावनमार्गसँग जोडिएका ड्रेन र्ममर्त आदिको काम हुने छ। यसअघि तीन महिना ‘चैत ११ देखि असार १६ गतेसम्म’ १० घन्टा आंशिक उडान बन्द गर्दै पहिलो चरणको धावनमार्ग रिह्याबिलिटेसन ‘जीर्णोद्वार’को काम गरिएको थियो।
पहिलो चरणमा चिनियाँ ठेकेदार कम्पनीले ३ हजार ५० मिटर लामो तथा ४५ मिटर चौढाई भएको धावनमार्गमा मध्यरेखाबाट दायाँबायाँ २० मिटर चौडाई तथा २० सेन्टिमिटर खनेर उच्च गुणस्तरको बिटुमिन राखेको थियो।
चिनियाँ ठेकेदार कम्पनी चाइना नेसनल एरो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसनले मनसुन सुरु भएकाले पहिलो चरणको जीर्णोद्वारको काम असार १६ पछि रोकेको थियो। उस्ले दोस्रो चरणको काम भदौ १५ पछि गर्ने भनेको थियो।
पहिलो चरणमा एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको ३ हजार ५० मिटर लामो धावनमार्ग मर्मत कार्य सकिसकेको छ। त्यसपछि काठमाडौं विमानस्थल २१ घन्टा पुनः सञ्चालनमा ल्याइएको थियो। निगमलाई जापानको ओसाका विमानस्थलले दिएको समय तालिका फेर्न नमिल्ने भएकाले प्राधिकरणले नेपाल सरकारको निर्देशन अनुसार, ठेकेदार कम्पनीसँग आग्रह गरेर राति आधा घन्टा मर्मत कार्य रोक्नुपरेको हो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
टीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
नेविसंघले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
जेठ ६, २०८१ आइतबार