प्रधानमन्त्रीबाट स्वदेशी डाक्टरहरूमाथि चरम अविश्वास, उपेक्षा र पेशाप्रति अपमान
नेपालबहस संवाददाता
भदौ १७, २०७६ बुधबार १:९:९
१७ भदौ, काठमाडौँ । सत्तारुढ नेकपाका उपाध्यक्ष तथा सचिवालय सदस्य बामदेव गौतमले १७ भदौदेखि गर्ने भनिएको सिंगापुर यात्रा अन्तिममा आएर रद्द गरेपछि नेकपाका महासचिव विष्णु पौडेलमात्र आज त्यसतर्फ प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थितिबारे जानकारी लिन, यसअघि दुवै उच्चपदाधिकारी त्यसतर्फ जाने कार्यक्रम थियो । भदौ ५ गते सिंगापुर गएका प्र.म. ओली आफ्नो मिर्गौलाको उपचारात्मक सुधार गरेपछि आगामी शुक्रबार स्वदेश फर्किने सूचना उनी निकट आधिकारिक स्रोतले दिएको छ ।
भएको वास्तविकता के हो ?
प्रधानमन्त्री निकटको मेडिकल सूत्रले दिएको जानकारी अनुसार प्रधानमन्त्री ओलीको पिसाबमा क्रेटिनिन् तह २.० एमजी-डीएल देखियो, जब कि पुरुषको क्रेटिनिन् तह सामान्यतया १.२ एमजी-डीएल हुनुपर्छ । मिर्गौला विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले दिएको जानकारी अनुसार कसैको स्वास्थ्यमा क्रेटिनिन्को तह त्यो परिमाणमा हुनु भनेको मिर्गौलाको कार्यक्षमता ३० प्रतिशतमात्र हुनु हो । क्रेटिनिन भनेको मांशपेशीहरूबाट निस्केको प्रोटिन तत्वयुक्त शारीरिक विकार हो ।
उनको दैनिक २० लाख खर्च गरेर यो उपचार गराईरहेका छन् । कुनै विशेषज्ञ वा उपकरण आवश्यक भएमा त्यो पनि यहीँ झिकाएर व्यवस्था गर्न सकिन्थ्यो । नौलो विधि भए त्यसबाट नेपाली डाक्टर तथा स्वास्थ्यकर्मीले नयाँ अनुभव लिने मौका पाउँथे भने ओलीकै जस्तो समस्याले पीडित भइरहेका कतिपय बिमारीले उपचारको अवसर पनि पाउन सक्थे ।
ग्रीक भाषामा क्रेटिनिन्को अर्थ मासु हो । पिसाबद्वारा उच्च परिमाणमा क्रेटिनिन् बिसर्जन हुनुको अर्थ हो त्यस्तो शारीरिक बिकार रगतमा अत्यधिक जम्मा हुनु, जसले मिर्गौलाको कार्यक्षमतामा ठूलो ह्रास हुनु हो । यसका लागि ‘प्लाज्माफेरेसिस’ नामक उपचार विधि (हे.तस्बीर) अपनाइन्छ ।
के हो प्लाज्माफेरेसिस ?
प्लाज्माफेरेसिस भनेको रगत सफा गर्ने उपचार विधि हो, प्रायः किड्नी डायलिस् जस्तै । रगतको पुरानो प्लाज्मा तत्व हटाएर ताजा प्लाज्मा रगतमा राखिन्छ । त्यसका लागि शरीरको रगत सुरक्षित ट्युबद्वारा मेशिनमा पठाइन्छ र ताजा प्लाज्मा मिलाएर फेरि शरीरमा फर्काइन्छ । यस प्रक्रियामा रक्तचाप एकदमै तल झर्ने हुन्छ । यसो हुँदा बिमारीलाई अत्यधिक थकान, वाकवाकी, रिँगटा लाग्ने, एलर्जी र कसैकसैमा रक्तस्राब पनि हुनसक्छ । हप्तामा २ वा ३ पटक अपनाइने यो प्रक्रिया डायलिसिस् प्रक्रियासँग मिल्दोजुल्दो छ ।
समाजवादी आवरण ओढेका कम्युनिस्ट नेताहरूमा सामन्ती संस्कारले ग्रस्त मनोवृत्तिले गर्दा सामान्य भइसकेको उपचारविधिमा समेत विदेशीमाथि नै आश्रित हुनु भनेको यहाँका डाक्टरहरूमाथिको चरम अविश्वास हो ।
बहिरंग बिमारीले पनि लिन सक्ने र एनेस्थेसियाजस्तो बेहोस बनाउने विधि नपर्ने हुनाले यो त्यति जटिल प्रक्रिया भने होइन । यो प्रक्रियाले रगतको विकारको परिणामस्वरुप उत्पन्न समस्याहरू भए ती पनि ठीक हुन्छन् । यस विधिबाट ठीक भएको मिर्गौलाले अरु ५ वर्षसम्म काम गर्नसक्छ ।
नेपाली डाक्टरहरू असन्तुष्ट
प्लाज्माफेरेसिस विधि मुलुकभित्र अपनाउन नसकिने होइन । त्यसका लागि विशेषज्ञ र मेडिकल टीम पनि छ । तर ‘समाजवादी’ प्रधानमन्त्री ओली सिंगापुरको महँगो होटलमा बसेर विगत १५ दिनदेखि यही उपचार लिइरहेका छन् । उनको दैनिक २० लाख खर्च गरेर यो उपचार गराईरहेका छन् । कुनै विशेषज्ञ वा उपकरण आवश्यक भएमा त्यो पनि यहीँ झिकाएर व्यवस्था गर्न सकिन्थ्यो । नौलो विधि भए त्यसबाट नेपाली डाक्टर तथा स्वास्थ्यकर्मीले नयाँ अनुभव लिने मौका पाउँथे भने ओलीकै जस्तो समस्याले पीडित भइरहेका कतिपय बिमारीले उपचारको अवसर पनि पाउन सक्थे ।
समाजवादी आवरण ओढेका कम्युनिस्ट नेताहरूमा सामन्ती संस्कारले ग्रस्त मनोवृत्तिले गर्दा सामान्य भइसकेको उपचारविधिमा समेत विदेशीमाथि नै आश्रित हुनु भनेको यहाँका डाक्टरहरूमाथिको चरम अविश्वास हो । नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले एक वक्तब्यद्वारा यसबारे चिकित्सकहरूले प्रधानमन्त्रीबाट अविश्वास, उपेक्षा र अपमान भोग्नुपरेको जनाइसकेका छन् ।
यसैकारणले गर्दा, कतै उपचारको आडमा अपारदर्शी र गुप्त एजेन्डाउपरको डिल त भइरहेको छैन भन्ने प्रश्नार्थक सन्देह पनि उठेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
वार्ता र कूटनीतिबाट भारतसँगका समस्या समाधान गर्नुपर्छ : परराष्ट्रमन्त्री
जेठ २, २०८१ बुधबार
संस्कृति संरक्षणका निम्ति मादल बजाउने तालिम
जेठ २, २०८१ बुधबार
थाइल्याण्डमा राजतन्त्रको अपमानको आरोपमा हिरासतमा रहेकी अभियन्ताको मृत्यु
जेठ २, २०८१ बुधबार
विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी
जेठ २, २०८१ बुधबार
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले भोलि विश्वासको मत लिने
जेठ २, २०८१ बुधबार
बबईमा डुबेर दाजुभाइको मृत्यु
जेठ २, २०८१ बुधबार