निर्धारित मितिमा चिकित्सा शिक्षाको प्रवेश परीक्षा सञ्चालन गर्न आग्रह
नेपालबहस संवाददाता
भदौ १७, २०७६ बुधबार ४:०:५८
१७ भदौ,काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयको चिकित्सा शिक्षाका प्रवेश परीक्षा तोकिएको मितिमा सञ्चालन गर्न सबैसँग आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले आज विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षसँग वार्ता र संवादका माध्यमबाट समस्या समाधान गरी चिकित्सा शिक्षाका लागि विभिन्न मितिमा गर्ने गरी तय भइसकेका प्रवेश परीक्षाहरु यथावत् रुपमा निर्बाध रुपमा गर्ने÷गराउने व्यवस्थाका लागि सम्बद्ध सबै पक्षसँग आग्रह गरेका छन् ।
त्रिवि महाराजगञ्ज चिकित्सा अध्ययन संस्थान र महाराजगञ्ज डिनको कार्यालय तथा परीक्षा शाखामा र काठमाडौँ विश्वविद्यालयका परीक्षा सञ्चालन शाखामा स्वतन्त्र विद्यार्थी युनियनसहितको सहभागितामा गठित सङ्घर्ष समितिले चिकित्सा शिक्षामा ७५ प्रतिशतसम्म छात्रवृत्ति माग गर्दै यही भदौ १५ गतेदेखि तालाबन्दी गरेका छन् ।
चिकित्सा अध्ययन संस्थानमा तालाबन्दीका कारण चिकित्साशास्त्रअन्तर्गत स्नातक तहका प्रवेश परीक्षा अन्योलमा परेको छ । प्रवक्ता अर्यालले गुणस्तरीय चिकित्सा शिक्षा अभिवृद्धिका लागि सार्वजनिक शिक्षण संस्थामा ७५ प्रतिशत निःशुल्क छात्रवृत्ति, साझा प्रवेश परीक्षा, एकीकृत पाठ्यक्रम तथा क्यालेन्डर तर्जुमा लगायत राष्ट्रिय चिकित्सा शिक्षा ऐन–२०७५ मा उल्लिखित प्रावधानहरु कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै निर्धारित समयमा नै चिकित्सा शिक्षाका प्रवेश परीक्षा सञ्चालन गर्न सबै पक्षसँग अनुरोध गरेका छन् ।
“राष्ट्रिय चिकित्सा शिक्षा ऐन–२०७५ बमोजिम चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिने सन्दर्भमा सो आयोगकाम उपाध्यक्ष नियुक्तिका लागि लोकसेवा आयोगका अध्यक्षको संयोजकत्वमा गठित सिफारिस समितिले हाल मन्त्रिपरिषद्समक्ष तीन जना उम्मेदवारको नाम सिफारिस गरिसकेको अवस्था छ”, उनले विज्ञप्तिमा भनिएको छ, “चिकित्सा शिक्षा क्षेत्रको नियमनका लागि आवश्यक कानूनी तथा व्यवस्थापकीय कार्य सम्पन्न भएपश्चात् यस क्षेत्रको प्रणालीगत विकास हुने मन्त्रालयले विश्वास लिएको छ ।”
साझा प्रवेश परीक्षा, शुल्क निर्धारण, आयोगको स्थायी सङ्गठन संरचना तथा चिकित्सा शिक्षा नियमावलीको तर्जुमाका लागि उपप्रधान तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवको संयोजकत्वमा एक समिति गठन भई उक्त समितिअन्तर्गत प्राडा धर्मकान्त बाँस्कोटाको अध्यक्षतामा साझा प्रवेश परीक्षा उपसमिति, विश्वविद्यालय अनुदान आयोगका प्राडा भीमप्रसाद सुवेदी र राष्ट्रिय योजना आयोगका सदस्य डा उषा झाको संयोजकत्वमा शुल्क निर्धारण उपसमिति, शिक्षा सचिव महेशप्रसाद दाहालको संयोजकत्वमा सङ्गठन संरचना र स्वास्थ्य सचिवको संयोजकत्वमा नियमावली तर्जुमा उपसमिति गठन भई कार्य अन्तिम चरणमा पुगेको समेत उहाँले विज्ञप्तिमार्फत जानकारी दिए ।
त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानले यही भदौ २१ र २३ गतेका लागि एमबिबिएस तहको प्रवेश परीक्षा निर्धारण गरेकामा करीब १९ हजार छात्रछात्रा सहभागी हुने भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन
जेठ २, २०८१ बुधबार
जीपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै
बैशाख ३१, २०८१ सोमबार
बैतडीका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द
बैशाख ३०, २०८१ आइतबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
जेठ २, २०८१ बुधबार
लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने
जेठ २, २०८१ बुधबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार