तीन वर्ष बित्दा पनि जिदीखोलामाथि निर्माणाधीन पुल अलपत्र
नेपालबहस संवाददाता
भदौ १८, २०७६ बुधबार १५:५०:०
१८ भदौ / दमौली । तनहुँको भीमाद नगरपालिका वडा नं २ र ६ जोड्ने जिदीखोलामाथि निर्माणाधीन पुल अलपत्र बनेको छ । दुई वर्षमा सम्पन्न गर्ने गरी विसं २०७३ असार २९ गते सम्झौता भएको पुल तीन वर्ष बितिसक्दा पनि अलपत्र अवस्थामा रहेको हो ।
म्याद सकिएको एक वर्ष भइसके पनि पुलको भौतिक प्रगति ३० प्रतिशत मात्रै रहेको डिभिजन सडक कार्यालयले जनाएको छ । समयमै पुल निर्माण नहुँदा वर्षायाममा यातायातका साधन र सर्वसाधारणले खोला वारपार गर्न सास्ती भोग्दै आएका छन् । वर्षाका बेला खोला बढेर आउँदा वारपार गर्न समस्या हुने गरेको स्थानीयवासी तमनसिंह नेपालीले बताए ।
वर्षायाममा दुईपाङ्ग्रे सवारीलाई खोला वारपार गर्न समस्या हुने गरेको छ । वर्षेनी मोटरसाइकल र स्कुटर खोलाले बगाउने गरेको उनले जानकारी दिए । “खहरेखोला भएकाले ठूलो पानी प¥यो भने ठूला सवारीलाई पनि वारपार गर्न हम्मेहम्मे हुन्छ”, नेपालीले भने । खोलामा पक्की पुल निर्माण हुने भएपछि खुशी भएका यहाँका स्थानीयवासी काम नै अलपत्र भएपछि निराश हुन थालेको स्थानीयवासी प्रेम नेपालीले जानकारी दिए ।
वर्ष दिन बित्दासमेत कामले गति नलिँदा निराश बनेका छन् । यही गतिमा काम भए १० वर्षसम्ममा पनि पुल नबन्ने उनले बताए । पुल निर्माणका लागि काठमाडौँस्थित शान्ति निर्माण सेवासँग सम्झौता भएको थियो ।
ठेकेदार कम्पनीको ढिलासुस्तीले पुलको काम एक वर्षदेखि ठप्प छ । खोलाको दुईतर्फी र बीच भागमा पिलर मात्र ठडिएको छ । डिभिजन सडक कार्यालयका सूचना अधिकारी इञ्जिनीयर सचिन श्रेष्ठले पुलको ३० प्रतिशत मात्रै भौतिक प्रगति देखिएको जानकारी दिए ।
उनले भने, “तीन वटा पिलरको काम मात्र भएको छ, बिम र स्ल्याब राख्ने काम बाँकी छ ।” श्रेष्ठका अनुसार सम्झौता गरिएको समयमा आधा काम पनि गर्न नसेकेको कम्पनीले दुई पटकसम्म म्याद थपका लागि निवेदन दिएको छ । निर्माणमा ढिलाइ भएका कारण कार्यालयसमक्ष पेश नगरेसम्म म्याद थप गर्न नसकिने बारे निर्माण कम्पनीलाई जानकारी गराइएको श्रेष्ठले बताए ।
दुई स्पानको पुलको लम्बाइ ७० मिटर छ । रु चार करोड ९० लाख ८२ हजारको लागतमा पुल निर्माणको सम्झौता भएको थियो । पुल निर्माण सम्पन्न भएपछि जिल्लाको भीमाद बजारका अलवा स्याङ्जाको मिर्मी र पाल्पाका सर्वसाधारण लाभान्वित हुनेछन् ।
सभागृहको निर्माण ६० प्रतिशत सम्पन्न
तनहुँको सदरमुकाम दमौलीमा निर्माणाधीन सभागृह भवनको काम ६० प्रतिशत सम्पन्न भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय गोरखामार्फत निर्माण भइरहेको सभागृह भवनको काम तीव्रगतिमा चलिरहेको छ ।
उक्त भवनको सरोकारवालाको टोलीले अनुगमन गरेको छ । गण्डकी प्रदेश सभा सदस्य डोवाटे विक, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेलगायतको टोलीले भवनको अनुगमन गर्दै भवन निर्माणका सन्दर्भमा भइरहेको कामको प्रगतिबारे जानकारी लिएको छ ।
अनुगमनका क्रममा भवनको कामको गति राम्रो पाइएको जिल्ला समन्वय समितिका सदस्य एवं प्रवक्ता गल गुरुङले जानकारी दिए । गुरुङका अनुसार काम तीव्रगतिमा भइरहेकाले सम्झौताअनुसारको निर्धारित मितिमै भवन निर्माण सम्पन्न हुने देखिएको छ ।
भ्याटबाहेक रु २३ करोड ६२ लाख ४३ हजार ३३१ को लागतमा निर्माण भइरहेको भवन विसं २०७७ असार १५ गतेभित्र सम्पन्न गर्ने गरी काठमाडौँस्थित डाँफे-एमए-प्रतिष्ठा जेभीले ठेक्का पाएको थियो । सोही ठाउँमा रहेको पुरानो सभागृह भत्काएर विसं २०७४ माघ २८ गतेदेखि भवन निर्माण शुरु भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
टीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
नेविसंघले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
जेठ ६, २०८१ आइतबार