सामुदायिक वनमा अबैध रुपमा काठ कटान गरि फरार रहेका दुई पदाधिकारी पक्राउ
नेपालबहस संवाददाता
भदौ २०, २०७६ शुक्रबार १८:४४:२२
मिना कंडेल
२० भदौ, नवलपुर । पुर्वी नवलपरासीको विनयी त्रिबेणी गाउँपालिका वडा नं ५ धुरकोटमा रहेको तालदेवी सामुदायिक वनमा काठ अबैध रुपमा कटान गरि फरार रहेका दुई पदाधिकारी पक्राउ परेका छन ।
तालदेवी सामुदायिक वनमा बिभिन्न ७९ वटा रुखको दुई हजार एक सय २३ क्युफीट काठ अबैध रुपमा कटान गरि २७ दिनदेखि फरार भएका समितिका अध्यक्ष दिपकबहादुर जीसी र सचिव जयबहादुर बाह्घरेलाई पक्राउ गरिएको अनुसन्धान अधिकृत तथा सहायक बन अधिकृत कुलचन्द्र दवाडीले बताए ।
सो सामुदायिक वनको काठ काट्न संलग्न नौ जना मध्ये दुई जनालाई पक्राउ गरिएको र अन्य सात जनाको खोजी भैरहेको दवाडीले बताए । करिब ५० लाख मुल्य पर्ने सो काठ कटानमा संलग्नहरुको ब्यापक खोजी भैरहेको छ । स्थानीय स्तरमा हस्तान्तरण समेत नभएको काठ तस्करको मिलोमतोमा काठ कटान भएपछि उनीहरु सबै फरार भएको जिल्ला वन डिभिजनल अधिकृत पुर्णेश्वर सुवेदीले बताए ।
महेन्द्र राजमार्गको दुम्कीबासदेखि २० किलोमिटर उत्तरमा पर्ने धुरकोटको तालदेवी सामुदायिक वनमा अबैध रुपमा काठ कटान भएपछि स्थानीय सामुदायिक वनका उपभोक्ता ,सदस्य र काठ तस्करहरु फरार थिए । अबैध रुपमा काठ कटान गर्नेहरुलाई वन ऐन अनुसार कारबाही गरिने सुबेदीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाउँपालिकाद्वारा ‘संस्कार शिक्षा’ को पठनपाठन सुरु
जेठ ७, २०८१ सोमबार
सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार
म्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आम्दानीको स्रोत बन्दै बगरखेती
जेठ ७, २०८१ सोमबार
बाँदरबाट जोगाउन नसकिएपछि धानको विकल्पमा कागतीखेती
जेठ ७, २०८१ सोमबार