सलाम एयरले ओमान–काठमाडौं दैनिक उडान गर्ने
नेपालबहस संवाददाता
भदौ २२, २०७६ सोमबार १:३६:३३
२२ भदौ, काठमाडौं । नेपाल सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । नेपालमा पर्यटक भित्र्याउने एउटा महत्वपूर्ण माध्यम हवाई सेवा रहेको परिप्रेक्षमा सहजरुपमा पर्यटक भित्र्याउन सलाम एयरले आफ्नो काठमाडौं उडानमा हालको हप्ताको तीन दिनबाट बढाएर सातै दिन उडान शुरु गर्ने भएको छ । सलाम एयरको नेपाल जीएसए आइएमई ट्राभलद्वारा आइतबार राजधानी काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा उक्त विषयमा जानकारी प्रदान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी एवम् माननीय संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश कुमार भट्टराईले सलाम एयरको उक्त निर्णयले ‘पर्यटन वर्ष २०२०’ लाई सफल बनाउन सहयोग पु¥याउने बताए । नेपालमा आउने पर्यटकहरूको संख्यामा वर्षेनी वृद्धि हुँदै गएको बताउँदै मन्त्री भट्टराईले ‘पर्यटन वर्ष २०२०’ को अवसरमा एयर लाइन्स कम्पनीहरूको व्यापार–व्यवसाय प्रवद्र्घनमा थप योगदान पुग्ने उल्लेख गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सलाम एयरको सेवा विस्तारपछि वैदेशिक रोजगारीका क्रममा मध्यपूर्व लगायत विश्वमा रहेका नेपाली दाजुभाई दिदीबहिनीहरूलाई थप सेवा उपलब्ध हुने विश्वास व्यक्त गर्दै विदेशी पर्यटक भित्र्याउन समेत महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे । आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले सलाम एयरको सेवा विस्तारसँगै आगामी वर्ष एक लाख (१ लाख ) पर्यटकलाई सेवा दिने कम्पनीले लक्ष्य लिएको बताए ।
सलाम एयरका कमर्सीयल डाइरेक्टर माजीन अल सलमानीले मध्यपूर्वमा धेरै नेपाली वैदेशिक रोजगारीमा रहेका र नेपाल आफैंमा महत्त्वपूर्ण पर्यटकीय गन्तब्य मुलुक भएको कुरालाई ध्यान दिएर आइएमई ग्रुपसँगको सहकार्यमा हवाई सेवा विस्तार गरिएको जानकारी दिए । सलाम एयरका हेड अफ सेल्स मोहम्मद अल देसुकीले आइएमई ट्राभल जस्तो विश्वसनीय व्यवसायीक साझेदार नेपालमा पाइएकाले आफ्नो व्यवसाय प्रवद्र्घन गर्न सहज हुने उल्लेख गरे ।
कार्यक्रममा पर्यटन सचिव केदार बहादुर अधिकारी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राज कुमार क्षेत्री, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशी, वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहण गुरुङ्ग लगायतका विशिष्ट व्यक्तित्वहरूले शुभकामना व्यक्त गरे ।
कार्यक्रममा एक्सेल, हार्भेस्ट मुन, हेल्लो, लाइट, मेचीकाली, मुस्कान, वोपन वे, प्रयास, रसिता र सी लिंक गरि कुल दश (१०) ट्राभल एण्ड टुर्स एजेन्टहरुलाई सम्मानित गरिएको थियो । नेपालको पर्यटन प्रवद्र्घनमा सवैलाई प्रोत्सान मिलोस् भन्ने मुख्य उद्देश्यका साथ सलाम एयरले आफ्नो काठमाडौं उडानको एक वर्ष पुग्नै लागेको अवसर पारेर दश ट्राभल एजेन्सीहरुलाई सम्मानित गरिएको आइएमई ट्राभलका प्रमुख कार्यकारी अधिकृत बिनोद सापकोटाले जानकारी दिए ।
सलाम एयरको बारेमा :–
ओमानको पहिलो बजेट क्यारिअरका रुपमा सन् २०१६ मा स्थापित सलाम एयरलाइन्सले आफ्नो गरिमालाई उच्च बनाउँदै व्यवसायिक क्षमतामा वृद्धि गरेको छ । दिनानुदिन विभिन्न गन्तब्य थपिनुले पनि यस कुरालाई पुष्टि गर्दछ । ओमान मै ए ३२० एनईओ भित्र्याउने पहिलो हवाई सेवा प्रदायकका रुपमा रहेको सलाम एयरले यसै वर्ष ६ वटा थप र २०२० सम्ममा २० वटा जहाज पु¥याउने लक्ष्य लिएको छ । हालसम्ममा २० वटा गन्तब्य रहेको यस एयरलाइन्सले निकट भविष्यमा नै आफ्ना थप गन्तब्यको घोषणा समेत गर्दैछ ।
सुरक्षा नीतिलाई शून्य सहनसिलताका रुपमा लिँदै यात्रुहरुको सन्तुष्टिलाई आफ्नो व्यवसायिक धर्मका रुपमा लिइएको छ । ओमानको राष्ट्रिय अर्थतन्त्रलाई टेवा पु¥याउने हेतुले आर्थिक अभिवृद्धि, रोजगारी सृजना र पर्यटन विकासका लागि आफूलाई सेतुको रुपमा उभ्याउन सफल भएको छ । विभिन्न देशमा जीएसए मार्फत आफ्नो सेवालाई विस्तार गर्दै आएको सलाम एयरले नेपालमा आईएमई ग्रपद्वारा प्रवर्दित आईएमई ट्राभल्सलाई जीएसए तोकेको आइएमई ग्रुपका प्रमुख–जनसम्पर्क व्यवस्थापक राजु पौडेलले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुनकोसी मरिण डाइभर्सन सुरुङको आज 'ब्रेक थ्रू' हुँदै
बैशाख २६, २०८१ बुधबार
भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
कठिनाइहरूबाट नडराउनुहोस् यी ५ काम गर्नुहोस्, जीवन परिवर्तन हुनेछ
बैशाख ३१, २०८१ सोमबार
उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
बैशाख ३१, २०८१ सोमबार
छिन्नमस्ता जयन्ती किन मनाइन्छ, यसको महत्व के छ ?
बैशाख ३१, २०८१ सोमबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
'कमेडी दरबार' असार १४ बाट प्रसारणमा आउने
बैशाख ३१, २०८१ सोमबार
‘चित्रकला’ र ‘मूर्तिकला’ बाट सीपसँगै जीवनको रङ्ग पहिचान गर्दै विद्यार्थी
बैशाख ३१, २०८१ सोमबार