सर्पदंशका बिरामीको उपचारमा सहज
नेपालबहस संवाददाता
भदौ २४, २०७६ मंगलबार १७:३०:४५
२४ भदौ, महोत्तरी । अत्यन्त आवश्यक उपकरणको अभावले उपचारमा समस्या ब्यहोरीरहेको बर्दिवास नगरपालिका–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा क्रमशःउपकरण थपिँदै गएका छन् । विभिन्न संस्थाले आवश्यक उपकरण प्रदान गर्दै जाँदा सर्पदंशका जटिल प्रकृतिका बिरामीको उपचार पनि सहज बन्दै गएको हो ।
पछिल्लोपटक विपद् व्यवस्थापन र अन्य सामाजिक गतिविधिमा सरिक रहँदै आएको इन्हुरेड इन्टरनेशनल संस्थाले हाइभ्याकुम सक्सेन यन्त्र केन्द्रलाई उपलब्ध गराएको छ । सो उपकरणबाट बिरामीको घाँटीमा बसेको कफ र फिज हटाउन सकिने सर्पदंश उपचार केन्द्रका अध्यक्ष कृष्ण देवकोटाले बताए । सर्पले टोकेका बिरामीलाई घाँटीमा बस्ने कफ र मुखबाट निस्कने फिजले निकै गाह्रो पर्दै आएको थियो ।
यस्ता जटिल प्रकृतिका बिरामीलाई अब अन्यत्र सिफारिस गर्नुपर्ने अवस्था अन्त्य भएको केन्द्रले जनाएको छ । सीमित साधन स्रोतभित्र पनि बिरामीको सेवा र उपचारमा केन्द्रले देखाउँदै तत्परता र समर्पण भाव देखेर अहिले तत्काल हाइभ्याकुम सक्सेन यन्त्र उपलब्ध गराइएको इन्हुरेड इन्टरनेशनलका महासचिव बिपी अधिकारीले बताएका छन् । केन्द्रलाई अब जटिल प्रकृतिका बिरामीको उपचारमा भेन्टिलेटरको आवश्यकता रहेको केन्द्रका अध्यक्ष देवकोटाले जानकारी दिए ।
यसअघि केन्द्रलाई वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले संयुक्त राष्ट्रसङ्घीय विकास कोष (युएनडिपी) को सहयोगमा दैनिक सात दशमलव दुई (७.२) युनिट विद्युत् उत्पादन हुने सौर्यऊर्जा गत वर्ष नै जडान गरिदिएको थियो । जडित सौर्य ऊर्जाले प्रकाश र औषधि भण्डारणमा सहयोग भएको केन्द्रले जनाएको छ । त्यसैगरी वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रकै सहयोगमा सौर्यऊर्जा सञ्चय र प्रवाह गर्न १४.०४ केडब्लुएचआर क्षमताका १२ भोल्ट १५० एम्पियरका आठवटा ब्याट्री पनि जडान गरिदिएको छ ।
यसैगरी केही महीना पहिले बर्दिवासस्थित लक्ष्मी बैंकले केन्द्रलाई बिरामी सुताउने तीनवटा डिजिटल शैया, अक्सिजन उत्पादन गर्ने अटोमेटिक यन्त्र र मनिटर यन्त्र उपलब्ध गराएको थियो । सभाहल, बिरामीकक्ष, प्राविधिक कक्ष र उपचारमा संलग्न हुनेको आवास सुविधासहितको दुईतले पक्की भवन तयार भएकाले अब तत्काल भेन्टिलेटर आवश्यक भएको अध्यक्ष देवकोटा बताउँछन् ।
विसं २०७१ साउन ३१ गते स्थापना भएर सर्पदंशका बिरामीलाई उपचार सेवा दिँदै आएको केन्द्रमा हालसम्म तीन हजारभन्दा बढीले उपचार पाएका छन् । जिल्लाका बर्दिवास, गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्र सर्पदंशका घटना धेरै हुने ठाउँ हुन् । यसबाहेक छिमेकको धनुषा जिल्लाको मिथिला, सर्लाहीको ईश्वरपुर र सिन्धुलीको कमलामाई र दुधौली नगरपालिका बर्दिवासँगै साध जोडिएका हुँदा ती क्षेत्रबाट पनि सर्पदंशका बिरामी उपचारका लागि यहाँ आउने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन
जेठ २, २०८१ बुधबार
जीपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै
बैशाख ३१, २०८१ सोमबार
बैतडीका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
बहुविवाहका आरोपी दाङका पौडेल पुर्पक्षका लागि कारागार चलान
जेठ २, २०८१ बुधबार
एपीएफ ललितपुर मेयर्स कपको फाइनलमा
जेठ २, २०८१ बुधबार
सोलार म्याक्सीमा : सूर्यमा हलचल, पृथ्वीमा खलबल
जेठ २, २०८१ बुधबार
उपप्रधानमन्त्री लामिछाने र स्वीडेनका राजदूत थेलेफबीच भेटवार्ता
जेठ २, २०८१ बुधबार
डढेलोबाट प्रभावित पश्चिमी क्यानडामा छ हजारभन्दा बढी विस्थापित
जेठ २, २०८१ बुधबार
निःशुल्क स्वास्थ्य शिविरबाट पाँच सयभन्दा बढी महिला लाभान्वित
जेठ २, २०८१ बुधबार