एघार दिनदेखि १८०० घरधुरी अन्धकारमा, विद्युत् पुनः निर्माण अन्तिम चरणमा
नेपालबहस संवाददाता
असोज १, २०७६ बुधबार १२:४५:४५
दाने बोहरा / रासस
१ असोज सिमकोट, हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका र खार्पुनाथ गाउँपालिकालाई सेवा दिँदैआएको हेल्दुम वितरण केन्द्रले विद्युत् पुनः निर्माणको कामलाई तीव्रताका साथ अगाडि बढाइरहेको छ ।
गएको भदौ २० गतेबाट वितरण केन्द्रले नयाँ पेनस्टक पाइप परिवर्तन गर्ने र नहर मर्मत गर्ने भन्दै विद्युत् बन्द गरेको छ । पेनस्टक पाइप बदली कार्य अन्तिम चरणमा पुगेको छ भने नहर मर्मत गर्ने काम धमाधम चलिरहेको छ । ६३ मिटर नयाँ पेनस्टक पाइप जडान गर्ने कार्य उपभोक्ता समितिबाट ८० प्रतिशत कार्य सकिएको उक्त आयोजनाका इञ्जिनियर दावाजाङ्मु शेर्पाले बताए ।
विद्युत्गृहदेखि माथि ११ वटा पेनस्टक पाइप जडान गरिएको हेल्दुम वितरण केन्द्र उपभोक्ता समितिका अध्यक्ष तीर्थराज रोकायाले जानकारी दिए । निर्माणस्थलमै रहेका २६ वटा पाइप जडान गर्नुपर्नेमा ११ वटा जडान गरिसकेको र बाँकी १५ वटा बुधबार बिहानसम्म जडान गरिसक्ने अध्यक्ष रोकायाले बताए । विद्युत् पुनः निर्माणमा उपभोक्ता समितिले नयाँ पेनस्टक पाइप बदली गर्ने कार्य अन्तिम चरणमा पु¥याएको छ । उहाँका अनुसार दुई÷तीन दिनसम्ममा उपभोक्ताको सबै काम सम्पन्न हुनेछ ।
नहर मर्मत र ग्याबिनको ठेक्का पाएको आङ्गजुकलामा भने अबको तीर÷चार दिनमा काम सकेर विद्युत्गृह रहेको पाइप नहरमा पुग्ने बित्तिक्कै जडान कार्य पूरा गरेर विद्युत् आपूर्ति शुरु हुनेछ । ठेकेदार र उपभोक्ता समितिले चाँडै बत्ती बाल्ने प्रयास गरे पनि कामदाहरु भने अझै एक हप्तासम्म लाग्ने अनुमान गर्छन् । असोज ५ गतेसम्म परीक्षण प्रसारण गर्ने तयारी आयोजनाले गरेको छ ।
एउटै मेशिनले काम गर्छ
विद्युत्गृहमा रहेका दुई वटा मेशिनमध्ये एउटा मेशिनले काम गर्न छोडेको छ । वितरण केन्द्रले पुनःनिर्माण गरे पनि एउटा मेशिनले काम नगर्दा जिल्लाका सिमकोट र खार्पुनाथ गाउँपालिकाका एक हजार ८०० घरधुरीका सेवाग्राहीले उही पुरानै अँध्यारोको दुःख खेप्नुपर्ने अवस्था रहेको छ ।
विद्युत्गृहमा रहेका दुई मेशिनमध्ये एक मेशिनका सामग्री नै नभएको त्यहाँका कर्मचारीले बताएका छन् । दुवै मेशिनका पार्टपुर्जा पूरा नहुँदा हिउँदको समयमा सदरमुकामवासीले विगतका वर्षजस्तै लोडसेडिङको सामना गर्नुपर्ने अवस्था रहेको छ ।
हिल्दुम साना जलविद्युत् आयोजनाको विद्युत्गृहमा रहेका सामग्रीबाट करीब १५ वर्षदेखि काम चलाईँदै आएको छ । वितरण केन्द्रको चरम लापरवाहीका कारण सेवाग्राहीले अझै सास्ती खेप्दै आउनुपर्ने अवस्था छ ।
यही भदौ २० गते शुक्रबारदेखि विद्युत् आपूर्ति अवरुद्ध हुँदा सदरमुकामसहित सिमकोट र खार्पनाथ गाउँपालिकाका स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् । केही वर्ष अघिदेखि फुटेका पाइपलाई ठाउँठाउँमा वेल्डीङ (टालटुल) गरेर काम चलाउँदै आइएको थियो । आयोजना प्रमुख र वितरण केन्द्र प्रमुखको चरम लापरवाहीका कारण विद्युत् आयोजना समयमै मर्मत नहुँदा उपभोक्ता मारमा परेका हुन् ।
ठेक्का प्रणालीबाट निर्माण गरिएको हिल्दुम साना जलविद्युत् आयोजनाको चिनियाँ कम्पनीसँग २०५८ पुसमा ठेक्का सम्झौता भएको थियो भने २०६५ साल जेठ १४ गतेबाट आयोजना सञ्चालनमा आएको थियो । दश दिन विद्युत् आपूर्ति नहुँदा जिल्लामा सञ्चालित सरकारी तथा गैरसरकारी कार्यालयलगायत उद्योग, पसल व्यवसायीले भने निकै समस्या भोग्नुपरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
सूचना प्रविधि आर्थिक विकासको रुपान्तरणकारी क्षेत्रमा समावेश
जेठ १५, २०८१ मंगलबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
मुगुमा यार्सागुम्बा संकलनमा गएका तीन जनाको मृत्यु
जेठ १९, २०८१ शनिबार
चीनमा खाद्य सुरक्षा कानुन लागु
जेठ १९, २०८१ शनिबार
नेपालको पूर्वी भूभागमा मनसुन भित्रिन अझै केही दिन लाग्ने
जेठ १९, २०८१ शनिबार
माछापुच्छ्रे बैंकद्धारा सल्यानको विद्यालयमा खानेपानी ट्याङ्की निर्माण
जेठ १९, २०८१ शनिबार
काठमाडौं महानगरले करारमा २४१ नगर प्रहरी भर्ना गर्दै
जेठ १९, २०८१ शनिबार