साना जलविद्युत्को बत्ती परीक्षण कार्य शुरु
नेपालबहस संवाददाता
असोज ५, २०७६ आइतबार १५:३९:१०
५ असोज, खलङ्गा । भारतीय राजदूतावासको सहयोगमा निर्माण भइरहेको साना जलविद्युत्को मेशिन जुम्ला ल्याएर जडान भइरहेको छ । बत्ती जडानसँगै परीक्षणको रूपमा विद्युत्समेत बालिएको छ ।
जुम्ला सदरमुकाममा रहेको एक मात्र बत्तीको विकल्प रहेको साना जलविद्युत् उपभोक्ता समितिको बत्तीको मेशिन समयमा बन्न नसकेपछि लामो समय अँध्यारो भएको र डेढ महीना भन्दा बढी डिजेलबाट कामचलाउ गरिएको थियो ।
निर्माणकार्यको जिम्मा लिएका निर्माण व्यवसायी भारतका पुष्करलाल दुवै र कम्पनीका कर्मचारी मेशिन बनाएर जडानका लागि अहिले खटिरहेका छन् । विद्युत्को एक मेशिनबाट भने परीक्षणको रुपमा विद्युत् बालिएको छ । सो मेशिन बनेमा दुई÷तीन दिनमै २२० केभी क्षमतामा विद्युत् उत्पादन हुने उपभोक्ता समितिका अध्यक्ष बिष्णुबहादुर बुढ्थापाले जानकारी दिए ।
प्राविधिकका अनुसार अब मेशिन दुई÷तीन दिनमा पूर्णरुपमा बन्ने र जुम्ला उज्यालो हुने आशा गरिएको निर्माणकार्यको जिम्मा लिएको पुष्करलाल दुवैले बताए । मेशिन जडानको ठेक्का लिएको निर्माण कम्पनीले गत असार मसान्तसम्म सम्झौताअनुसार मेशिन जडान गर्न नसकेका कारण जुम्लावासी अँध्यारो मै बस्न बाध्य थिए ।
जिल्ला नै अन्धकार भएपछि सङ्घीय सांसद गजेन्द्रबहादुर महतको पहलमा जिल्लास्थित जनप्रतिनिधि र राजनीतिक दल स्थानीय प्रशासनसहितको सर्वपक्षीय बैठकले सांसद विकास कोषको रकममा डिजेलप्लान्ट खरीद गरेर वैकल्पिक उज्यालोको व्यवस्था गरेको थियो ।
मेशिन अहिले बनेर जुम्ला पुगेपछि भने डिजेल प्लान्ट रोकिएको छ । जम्मा रु तीन करोड आठ लाखको लागतमा नयाँ मेशिन जडान निर्माणकार्य भइरहेको बताइएको छ ।कर्णालीकै पहिलो नगरपालिका चन्दननाथ तथा साविकको कर्णाली अञ्चल सदरमुकाम जुम्ला खलङ्गा विगत नौ महीनादेखि मेशिन जडानका कारण जुम्ला अन्धकारमा छ ।
जुम्लामा बिजुली बाल्नका लागि नेपाल विद्युत् प्राधिकरणलेसमेत डिजेल मेशिन पठाएर केही दिन कामचलाउ भएको छ ।
इञ्जिनीयर सन्तोष चौधरीले भदौ २८ गतेबाट हालसम्म साना जलविद्युत्को साझेदारीमा एक हजार १०० लिटर डिजेल खर्च गरी विद्युत् बालिएको बताए । आफूहरु जुम्लाको बत्ती बिषयमा एक महीनादेखि खटिरहेको चौधरीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
सूचना प्रविधि आर्थिक विकासको रुपान्तरणकारी क्षेत्रमा समावेश
जेठ १५, २०८१ मंगलबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २६ निर्णय ( हेर्नुस सुचिसहित )
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
बजेट अर्थमन्त्री र माओवादीप्रति ढल्किएको ओलीको आरोप
जेठ १९, २०८१ शनिबार
यार्सा संकलनमा गएका दुईजनाको मृत्यु, एक सिकिस्त
जेठ १९, २०८१ शनिबार
कुमारी बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड-२०२४’ बाट सम्मानित
जेठ १९, २०८१ शनिबार
दार्चुलामा यार्सा टिप्न गएका युवकको लडेर मृत्यु
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार