आँखाको दृष्टि कमजोर भएका दुई सय विद्यार्थीलाई निःशुल्क चश्मा
नेपालबहस संवाददाता
असोज ७, २०७६ मंगलबार १६:१३:२०
७ असोज, गलकोट । नेत्रज्योति सङ्घ बागलुङले यस वर्ष २०० विद्यार्थीलाई निःशुल्क चश्मा वितरण गरेको छ । चालीसौँ राष्ट्रिय सामाजिक सेवा दिवसका अवसरमा सोमबार सङ्घले जिल्लाका २०० विद्यार्थीलाई निःशुल्क चश्मा वितरण गरेको जानकारी दिएको हो ।
सङ्घले वार्षिकरूपमा गर्दै आएको निःशुल्क आँखा शिविरका क्रममा आँखाको दृष्टि कमजोर भई चश्मा लगाउनुपर्ने विद्यार्थीलाई एकमुष्टरूपमा चश्मा वितरण गरेको हो ।
नेपाल नेत्रज्योति सङ्घ केन्द्रीय कार्यालयको सहयोगमा वार्षिकरुपमा विद्यालयमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको छ । एक वर्षमा जिल्लाका ३५ निजी तथा सामुदायिक विद्यालयका झण्डै १५ हजार विद्यार्थीको निःशुल्क आँखा परीक्षण गरिएको नेत्रज्योति सङ्घका जिल्ला सभापति भरत पुरीले बताए ।
उहाँका अनुसार १०० विद्यार्थीको आँखा परीक्षण गर्दा औषतरूपमा तीन विद्यार्थीलाई दृष्टिमा समस्या हुने गरेको पाइएको छ । सङ्घले प्राविधिक रुपमा शिविरमै चश्मा उपलब्ध गराउन समस्या हुने भएकाले एकमुष्ट चश्मा वितरण गर्दै आएको छ । सङ्घले ५० वर्ष नाघेका वृद्धवृद्धालाई समेत आँखा शिविरमार्फत निःशुल्क चश्मा वितरण गर्दै आएको छ ।
यो वर्षमात्रै २०० वृद्धवृद्धालाई निःशुल्क चश्मा वितरण गरिएको छ । वृद्धवृद्धालाई वितरण गरिने चश्मा पहिल्यै निर्माण गरिने भएका कारण आँखा शिविरमै हस्तान्तरण गर्दै आइएको सङ्घका सचिव बालकृष्ण शर्माले बताए ।
गत वर्ष १५० विद्यार्थीलाई चश्मा वितरण गरिएको थियो भने यस वर्ष विद्यार्थीको सङ्ख्यामा वृद्धि भएर २०० पुगेको छ । आँखाको नियमित परीक्षण अभावमा धेरै विद्यार्थीको दृष्टि कमजोर हुँदै गइरहेको भन्दै नेत्रज्योति सङ्घले विद्यालयमै पुगेर आँखा शिविर सञ्चालन गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिविले स्नातक तहका प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा सोध्ने
कात्तिक ६, २०८१ मंगलबार
बाढीले पुस्तक बगायो, स्कुल डुबायो पढ्ने कसरी ?
असोज १८, २०८१ शुक्रबार
आइतबारदेखि तीन दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई सरकारको आग्रह
असोज १२, २०८१ शनिबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
म्याद सकिए पनि हिरासतमै वित्ने भो रविको तिहार, २० गते मात्र अदालत लगिने
कात्तिक १५, २०८१ बिहिबार
साम्बा भन्छिन्- यो हार बिर्सिन धेरै समय लाग्छ
कात्तिक १५, २०८१ बिहिबार
अर्जुन कपुर र मलाइकाकाे ब्रेकअप !
कात्तिक १५, २०८१ बिहिबार
सरकारले मुलुकमा आर्थिक समृद्धि ल्याएरै छोड्छ : प्रधानमन्त्री ओली
कात्तिक १५, २०८१ बिहिबार
ट्रम्पको चुनावी अभियानसँग सम्बन्धित मुद्दामा मस्क अदालतमा उपस्थित हुने
कात्तिक १५, २०८१ बिहिबार
जलवायुको असरबारे ध्यानाकर्षण गर्न कालापत्थरमा पत्रकार सम्मेलन
कात्तिक १५, २०८१ बिहिबार
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
कात्तिक १५, २०८१ बिहिबार
माओवादी केन्द्र घरदैलो अभियानमा केन्द्रित छ : अध्यक्ष प्रचण्ड
कात्तिक १५, २०८१ बिहिबार
जन्मना साथ शिशुका थप चार परीक्षण गरिने
कात्तिक १५, २०८१ बिहिबार