ओली सरकार भ्रष्ट र जनबिरोधी, रेलिङ् भाँचेर बिराेधमा उत्रने कांग्रेस नेताहरूकाे दावी
नेपालबहस संवाददाता
असोज ७, २०७६ मंगलबार २३:४१:५७
प्रकाश डोटेल
७ असोज, स्याङ्जा । नेपाली कांग्रेसले शुरु गरेको दोस्रो चरणको जागरण अभियानको समापनका अवसरमा स्याङ्जामा बोल्ने नेताहरुले सरकार भ्रष्ट र जनबिरोधी बन्दै गएको बताएका छन् । वर्तमान सरकार महंगी, भ्रष्ट्राचार, हत्या हिंसा, चोरी डकैती नियन्त्रणमा सरकार चुकेको समेत उनीहरुको आरोप छ ।
कांग्रेस पार्टी कार्यालय स्याङ्जाबाट शुरु भएको सरकार बिरोधी ¥यालीले जिल्ला सदरमुकामका अभियानपथ, चौकीबजार, हुलाक रोड, शहिद चोक, मालपोत लाईन, ठाडोलाईन र बैंक रोड हुँदै पुनः शहिदचोक पुगेर भएको कोणसभामा बोल्ने नेताहरुले विश्वका कम्यूनिष्ट सरकार जस्तै ओली नेतृत्वको सरकार हरेक क्षेत्रमा असफल बनेको बताए ।
“निर्वाचन भएपछि तीनै तहमा बनेको स्थीर सरकारले जनताका पक्षमा केही काम गर्छ भन्ने विश्वास गरेका थियौं ।” कोणसभामा बोल्दै कांग्रेस नेतृ तथा केन्द्रिय प्रतिनिधि शारदा पौडेलले भनिन, “स्थायी सरकार हरेक क्षेत्रमा असफल भयो ।” सरकार बनेपछि भ्रष्ट्राचार संस्थागत बन्दै गएकोमा पौडेलले चिन्ता जनाईन् ।
“सकेसम्म हामी अनावश्यक विषयमा संसद अबरुद्ध, रेलिङ् भाँचेर वितण्डा मच्चाउँदैनौं ।” नेतृ पौडेलले भनिन्, “गणतन्त्रको संस्थागत विकास र संघीयताको कार्यान्वयनमा सरकारलाई सहयोग गर्न खोज्दा कांग्रेस कमजोर देखियो ।” कांग्रेस अब संसद अबरुद्ध गरेर, रेलिङ् भाँचेर भएपनि सरकारको बिरुद्धमा उत्रने नेतृ पौडेलले चेतावनी दिईन् ।
कोणसभामा बोल्दै संविधानसभा सदस्य तथा जागरण अभियानका केन्द्रिय प्रतिनिधि झुलबहादुर आलेले सरकारले बुढीगण्डकी, अरुण तेस्रो बेचेको समेत आरोप लगाए । बिना प्रतिस्पर्धा बुढीगण्डकी चिनीयाँ कम्पनीलाई दिनु राष्ट्रघात गरेको आलेको दावी थियो ।
“ओली नेतृत्वको सरकार बनेपछि केही राम्रो काम गर्ला भनेर हामी चुपचाप थियौं ।” अर्का केन्द्रिय प्रतिनिधि तथा कांग्रेस लमजुङ्का पूर्वसभापति तुलसीनारायण श्रेष्ठले भने, “तर सरकार निकम्मा बन्यो, जनताका पक्षमा एउटा पनि काम गर्न सकेन ।” सरकारको काम देखेर कांग्रेस मात्र होईन आम नागरिक दिक्क बनेको श्रेष्ठको भनाई थियो ।
कांग्रेसका युवा नेता गुरु बरालले कोणसभालाई सम्बोधन गर्दै सरकार भुमाफिया, हत्यारा, सुन तस्करी, भ्रष्टहरुको घेराबन्दीमा परेको बताए । कम्यूनिष्टहरुको समाजवाद आफु मोटाउ जनता लुट जस्तै बनेको बरालको जिकिर थियो । सरकारले हरेक क्षेत्रमा लुट मच्याएको बरालले बताए ।
सभामा बोल्दै राष्ट्रिय सभाका पूर्व सदस्य खगेन्द्रराज रेग्मी, संविधान सभाका सदस्य कांग्रेसका युवा नेता राजु थापाले सरकारले ठूला गफ गरेर आम नागरिकको दैनिक समस्यासँग खेलवाड गरेको बताए । उनीहरुले सरकारको यहि रबैया जारी रहे नागरिक स्तरबाट सरकार र व्यवस्थाबिरुद्ध आन्दोलन हुनसक्ने चिन्ता व्यक्त गरे ।
स्याङ्जा कांग्रेसका कार्यबाहक सभापति कुमार रानाको अध्यक्षतामा भएको कोणसभाको संचालन प्रवक्ता ईन्द्रबहादुर गोदारले गरेका थिए । बिरोध ¥यालीमा जिल्लाभरका अगुवा कांग्रेस कार्यकर्ताको सहभागिता थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार
म्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार