बेँसीशहरमा एकदिने निःशुल्क स्वास्थ्य शिविर : २६९ लाभान्वित
नेपालबहस संवाददाता
असोज १२, २०७६ आइतबार १३:५८:३
१२ असोज, लमजुङ । बेँसीशहर हस्पिटल प्रालि र सनराइज बैंकले संयुक्तरुपमा बेँसीशहरमा आयोजना गरेको एकदिने निःशुल्क परामर्श तथा स्वास्थ्य शिविरमा २६९ जना लाभान्वित भएका छन् ।
हस्पिटलले जिल्लावासीलाई आफ्नै ठाउँमा विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले सनराइज बैंकको १२औँ वार्षिकोत्सवको अवसरमा शनिबार आयोजना गरिएको शिविरमा हाडजोर्नीका ७७, नाक–कान–घाँटीका ६८, प्रसूति ३५, बालरोग १९ र मधुमेह, उच्च रक्तचाप र थाइराइडका ७० बिरामीले स्वास्थ्य परीक्षण गरेका बेँसीशहर हस्पिटल सञ्चालक समितिका अध्यक्ष गुमानसिङ कँडेलले बताए ।
जिल्लाका बेँसीशहर, गाउँशहर, भुकुण्डेलगायत जिल्लाका विभिन्न स्थानका बिरामीले सेवा लिएको अस्पतालले जनाएको छ । स्वास्थ्य शिविरका लागि अन्नपूर्ण बाल तथा महिला अस्पतालका पोखराका चिकित्सक तथा स्वास्थ्यकर्मीको समूहले प्राविधिक सहयोग गरेको थियो ।
शिविरमा आउने बिरामीका लागि निःशुल्क स्वास्थ्य परामर्श, औषधिमा ५०, ल्याब तथा भिडियो एक्सरेमा २५ प्रतिशत छुट गरिएको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत राम बस्नेतले बताए।
सनराइज बैंकले सामाजिक उत्तरदायित्व जिम्मेवारी बहन गर्दै बेँसीशहर हस्पिटलसँग मिलेर शिविरको आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत बस्नेतको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिल्ला अस्पताल हुम्लामा औषधि अभाव हुँदा बिरामी मर्कामा
जेठ ७, २०८१ सोमबार
काभ्रेका अठार हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
जेठ ५, २०८१ शनिबार
जिपीमा डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग
जेठ ५, २०८१ शनिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार
राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप
जेठ ७, २०८१ सोमबार