अब छाला र यौन रोगको उपचार बुटवलमै
नेपालबहस संवाददाता
असोज १३, २०७६ सोमबार १३:४०:२२
१३ असोज, रुपन्देही । प्रदेश नं ५ को केन्द्र बुटवलमा छाला र यौन रोगको उपचारका लागि स्किन एण्ड लेजर सेन्टर सञ्चालनमा आएको छ ।
सेन्टरको आइतबार उद्घाटन गर्दै प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले नाफा कमाउने भन्दा जनताको सेवाका लागि सेन्टर स्थापना गरिएको भन्ने भावना आत्मसात गर्न अग्रह गरे । उनले आधुनिक चिकित्सा विज्ञानका कारण जटिल रोगको समेत साधारण तरिकाले उपचार सम्भव भएको बताउँदै यसलाई दुर्गम क्षेत्रमा विस्तार गर्नुपर्ने धारणा राखे ।
प्रदेशसभाका सदस्य भोप्रसाद श्रेष्ठ र दधिराम न्यौपानेले प्रदेशमै छाला र यौनसम्बन्धी सबै प्रकारका स्वास्थ्य सेवाको सहज उपलब्धता हुनु महत्वपूर्ण विषय भएको बताए । कार्यक्रममा वरिष्ठ अधिवक्ता तेजप्रसाद कँडेल, नेपाल चिकित्सक सङ्घका रुपन्देही अध्यक्ष नन्दा गुरुङ, पुनाराम पोखरेल, लेखक ऋषि आजादलगायतले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न सुझाव दिए ।
छाला तथा यौन रोग, कुष्ठरोग तथा सौन्दर्यसम्बन्धी रोगले प्रभाव पार्ने शारीरिक, मानसिक र सामाजिक समस्याको निराकरण गर्ने उद्देश्यले रु एक करोड ९५ लाख ८० हजारको लगानीमा छाला र यौन रोगको उपचार केन्द्र सञ्चालनमा ल्याइएको अध्यक्ष यमबहादुर थापामगरले जानकारी दिए ।
सेन्टरमा कम्प्युटर विधिद्वारा छाला परीक्षण गर्ने, छाला तथा यौन रोग, कुष्ठरोग, नङ, कपाल आदिमा देखिने रोगसम्बन्धी सम्पूर्ण उपचार सेवाको व्यवस्था गरिएको विशेषज्ञ डा ललन खतिवडाले बताए ।
सेन्टरका विशेषज्ञ डा विक्रम ज्ञवालीले लेजर प्रविधिद्वारा अनुहारको चाया, पोतो, चाउरीपना, शरीरको अनावश्यक रौ, स्ट्रेच मार्क, पेटका सेता धर्सा, टाटु हटाउने योनी कसिलो बनाउने र सेतो दुबीको उपचार सेवासमेत प्रदान गरिने बताए ।
सेन्टरमा छाला तथा यौन रोग, कुष्ठरोग विशेषज्ञ, कस्मेटोलोजी विशेषज्ञ, लेजर सल्य चिकित्सक विशेषज्ञस, प्लास्टिक सर्जरी विशेषज्ञ, जनरल सर्जरी विशेषज्ञलगायत अन्य स्वास्थ्यकर्मीको टोलीले उपचार सेवा दिने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन
जेठ २, २०८१ बुधबार
जीपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै
बैशाख ३१, २०८१ सोमबार
बैतडीका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द
बैशाख ३०, २०८१ आइतबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
राजस्थानमाथि पञ्जाव ५ विकेटले विजयी
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने
जेठ ३, २०८१ बिहिबार
प्रतिनिधिसभाको बैठक आज बस्दै, कांग्रेसको अवरोधले चल्छ त संसद ?
जेठ ३, २०८१ बिहिबार
१० महिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण
जेठ ३, २०८१ बिहिबार
कस्तो छ आजको मौसम ?
जेठ ३, २०८१ बिहिबार