बेँसीशहर बजार सडक बत्तीले झिलिमिली, स्थानीय खुशी
नेपालबहस संवाददाता
असोज १३, २०७६ सोमबार १४:५०:३१
१३ असोज लमजुङ । पर्यटकीय जिल्ला लमजुङको सुन्दर नगरी एवं अन्नपूर्ण पदमार्गको प्रवेशद्वार बेँसीशहर बजारलाई उज्यालोको माध्यमबाट सुरक्षित बजार बनाउनका लागि सडक बत्ती जडान गरी झिलिमिली बनाइएको छ ।
बेँसीशहर नगरपालिकाले बजार सुरक्षित राख्नका लागि बजारका विभिन्न स्थानमा २५३ वटा बिजुली बत्तीको व्यवस्था भएसँगै बेँसीशहर बजार उज्यालो भएको हो । आइतबार बेँसीशहर भीमसेनस्थान चोकमा एक कार्यक्रममा बीच नगरप्रमुख गुमानसिंह अर्यालले उद्घाटन गरी सडक बत्ती सञ्चालनमा आएको छ ।
उनले पर्यटकीय बजारमा चोरीका घटना बढ्दै गएकाले विशेष गरी राति हिँड्डुल गर्नलाई असुरक्षित हुने गरेकाले नगरवासी र पर्यटकलाई मध्यनजर गरेर सडक बत्ती जडान गरी सञ्चालनमा ल्याएको बताए ।
अहिले जडान गरी सञ्चालनमा आएका बत्तीले सबै ठाउँमा नपुगेको र अपुग बत्ती यस आर्थिक वर्षको बजेटबाट खरीद गरी थप जडान गर्ने तयारीमा रहेको नगर प्रमुख अर्यालले बताए ।
वडा नम्बर ८ का वडाध्यक्ष पवित्र थापामगरले बजारलाई थप सुरक्षित र उज्यालो बनाउनका लागि सडक बत्तीले ठूलो सहयोग पुगेको बताए । आव २०७४/७५ बजेटबाट रु ५० लाखमा उक्त सङ्ख्यामा सडक बत्ती जडान गरी सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ ।
बजारको शेरा, ठाडोलाइन, नारायस्थान, भीमसेस्थान, त्रिवेणीटोल, क्याम्पस रोडलगायतका स्थान सडक बत्तीबाट उज्यालो भएको छ ।
बेँसीशहरका पर्यटन व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका सदस्य रामकुमार श्रेष्ठ भन्छन्, “अन्नपूर्ण पदमार्गको प्रवेशद्वार रहेको यस बजारमा सुरक्षाको अनुभूति हुने, सडक दुर्घटनामा कमी आउने, सुरक्षित बजार स्थापित गर्न मद्दत पुग्छ । पर्यटन बजार हो, पर्यटक धेरै सङ्ख्यामा यही बजार हुँदै मनाङ जाने गर्दछन् । सडक बत्तीले होटल व्यवसायीलाई रातिको समयमा पनि सुरक्षा महसुस हुने हुँदा पर्यटक तथा ग्राहकको सेवामा ढुक्कले लाग्न सकिन्छ ।”
साँझपखमै अँध्यारो हुने बजारमा सडक बत्ती जडान गरेपछि स्थानीय खुशी भएका छन् । चोरी, बलात्कार, अपराधजन्य घटनामा कमी आउने र शान्ति सुरक्षामा ठूलो टेवा पुग्ने जिल्ला प्रशासन कार्यालय लमजुङका प्रमुख जिल्ला अधिकारी डिजन भट्टराईले बताए ।
बेँसीशहर बजारमा एक वर्ष अघि २४ वटा सौर्यबत्ती जडान गरिएको थियो तर उक्त बत्ती अपर्याप्त र जडान भएको केही समयमै अधिकांश बिग्रिएको थियो । अहिले जडान गरिएको सडक बत्ती दिगो हुने र सौर्यबत्तीभन्दा राम्रो भएको नगरपालिकाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
सूचना प्रविधि आर्थिक विकासको रुपान्तरणकारी क्षेत्रमा समावेश
जेठ १५, २०८१ मंगलबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार
विधिको शासन सञ्चालनका लागि तीन अङ्गबीच समन्वय जरुरीः सभामुख घिमिरे
जेठ १९, २०८१ शनिबार
‘बेहुली फ्रम मेघौली’ को पोस्टर सार्वजनिक, ट्रयाकटर चलाउदै स्वस्तिमा
जेठ १९, २०८१ शनिबार
अत्यधिक गर्मीले बर्दियाका विद्यालय थप तीन दिन बन्द
जेठ १९, २०८१ शनिबार
चुरे संरक्षण पदयात्रा टोलीद्वारा काठमाडौंमा र्याली
जेठ १९, २०८१ शनिबार
हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी
जेठ १९, २०८१ शनिबार
अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी
जेठ १९, २०८१ शनिबार