लागुऔषधसहित तीन पक्राउ
नेपालबहस संवाददाता
असोज १६, २०७६ बिहिबार १५:४६:५५
१६ असोज वालिङ । लागुऔषधसहित बुधबार साँझ प्रहरीले तीन जनालाई वालिङ– १३ गाहाखोलाबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा म्याग्दीको बेनी नगरपालिका–२ का ३२ वर्षीय श्रीराम कार्की, गाहाखोलामा शङ्कास्पद अवस्थामा बसेका स्याङ्जा जिल्ला भिरकोट नगरपालिका–१ का २१ वर्षीय भरत गुरुङ र सोही ठाउँका २० वर्षीय सहितविन मियाँ रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
बुटवलबाट पोखरातर्फ आउँदै गरेको बा३ख ४९७१ नंको माइक्रोबसमा सवार श्रीराम कार्कीको साथबाट नोफिन ७५ थान, डाइजेपाम ७५ थान, फेनारगन ७५ थान, नाइट्राजेपाम ४३ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता नवीनकृष्ण भण्डारीले जानकारी दिए।
उनका अनुसार, वालिङ–१३ गाहाखोलास्थित झाडीमा शङ्कास्पद अवस्थामा बसेका गुरुङ र मियाँको साथबाट प्रहरीले प्रयोग नभएको सिरिञ्ज पाँच थान, फेनारगन २३ थान, डाइजेपाम २४ थान, नोफिन २२ थानसहित दुबैलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुन तस्करी प्रकरणमा काभ्रेका थर्कमान लामा पक्राउ
जेठ १८, २०८१ शुक्रबार
रौतहट प्रहरीद्वारा लाखौँको भारतीय मलखाद र कुखुरा बरामद
जेठ १०, २०८१ बिहिबार
दिल्ली बसेर अमेरिका र क्यानडा पठाउँछु भन्दै मानव तस्करी गर्ने गिरोहले ७ करोड ५० लाख ठगे
बैशाख ३१, २०८१ सोमबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
मुगुमा यार्सागुम्बा संकलनमा गएका तीन जनाको मृत्यु
जेठ १९, २०८१ शनिबार
चीनमा खाद्य सुरक्षा कानुन लागु
जेठ १९, २०८१ शनिबार
नेपालको पूर्वी भूभागमा मनसुन भित्रिन अझै केही दिन लाग्ने
जेठ १९, २०८१ शनिबार
माछापुच्छ्रे बैंकद्धारा सल्यानको विद्यालयमा खानेपानी ट्याङ्की निर्माण
जेठ १९, २०८१ शनिबार
काठमाडौं महानगरले करारमा २४१ नगर प्रहरी भर्ना गर्दै
जेठ १९, २०८१ शनिबार